Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.50/5.00)
Text size:-
+
-

यस्तो छ तिहार रिलिज जीवन र सञ्चिताको 'राधा' विजनेस

फिल्मीखबर, काठमाडौं, 2016/11/04
तिहारको छेकोमा गत हप्ता रिलिज फिल्म 'राधा'ले एक हप्तामा कति विजनेस गर्यो ? दर्शक तथा फिल्म सुभचिन्तकहरुको जिज्ञाशा हुनसक्छ । वितरक कम्पनि तथा निर्माण टिमबाट प्राप्त जानकारी अनुसार फिल्मले पहिलो हप्ताको अन्त्यसम्म ७० लाख बढिको विजनेस गरेको छ । 
 
फिल्मले प्रदर्शनको छैटौं टिनमा आउँदा ७१ लाख ८० हजारको कारोबार गरेको प्राप्त जानकारीमा उल्लेख छ । सुरुवाती दिनमा मध्यम कलेक्शन गरेको फिल्मले भाईटिकाको दिनबाट केहि गति लिएको थियो । सिंगल थियटरमा फिल्मको आज शुक्रबार तथा हिजो बिहिबारको विजनेसमा पनि निर्माण टिमले सन्तुष्टि लिने ठाउँ छ ।
 
दुई ठुला हिन्दि तथा नेपाली फिल्मसँगै प्रदर्शनमा आएको फिल्मले हल धेरै पाउन सकेन् । फिल्म जम्मा ३५ पर्दामा प्रदर्शनमा आएको बताईन्छ । फिल्मको विजनेसले गति लिएको निर्माण टिमको दाबी छ । 
 
योगेश घिमिरे निर्देशित फिल्ममा जीवन लुईंटेल र सञ्चिता लुईंटेल लिड अभिनयमा छन् । फिल्मले पुर्वेली युवा युवतीको प्रेम कथा बोल्छ । फिल्मले पुर्वी नेपालमा तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा राम्रो विजनेस गरेको पाईएको छ । 
Most Visited News (monthly)