Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघे संक्रान्तिमा चार पक्षिय भिडन्त, 'लभसासा' रिलिज कन्फर्म

फिल्मीखबर, काठमाडौं, 2016/11/06
 
माघे सक्रान्ति नेपाली फिल्मको लागी ठुलो चाड मानिन्छ । राम्रा बनेका फिल्म यो मितिमा राम्रै चल्छन् । प्रायः जसो हरेक बर्ष माघे संक्रान्तिको छेकोमा कम्तिमा तीन फिल्म भिडेकै हुन्छन् । यो बीचमा यो बर्ष पनि यदि तोकिएकै रिलिज कन्फर्म हुँदा माघे संक्रान्तिको छेकोमा आउँदो पौष २९ मा चार फिल्म भिड्ने देखिएको छ । 
 
सुरुवातमा निखिल उप्रेतीको फिल्म 'किङ' र 'कारखाना'ले रिलिज तोकेको अवस्थामा अब अन्य दुई फिल्म पनि आउने पक्का भएको छ । सौगात मल्ल स्टारर फिल्म 'शब्द' र केकी अधिकारी स्टारर फिल्म 'लभसासा' पनि रिलिज कन्फर्म भएको हो । 
 
'लभसासा' निर्देशक प्रचण्डमान श्रेष्ठले आफ्नो फिल्म पनि पौष २९ मा रिलिज हुने पुष्टि गरे । यदि सबै फिल्म रिलिज हुँदा चार वटै फिल्मका निर्मातालाई विजनेसमा घाटा हुनसक्छ । राम्रा फिल्मले दर्शक पाउने भएपनि भिडन्तले दर्शक बाँडिँदा घाटा सबैलाई हुने देखिन्छ । 
 
उता सोहि मितिमा यसअघि बारबार रिलिज रोकिएको 'डेस्टिनेशन काठमाडौं' नामको अर्को फिल्म पनि प्रदर्शनको गाईंगुईं चलिरहेको छ ।
Most Visited News (monthly)