Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै फिल्म रिलिजमा गुमनाम अनुप, प्रचारमा किन छैनन् ?

फिल्मीखबर, काठमाडौं, 2016/11/05
अष्ट्रेलियामा खिचिएको जंगबहादुरको कोट फिल्म रिलिजको संघारमा छ । अर्को हप्ताबाट दर्शकमाझ आउने फिल्मको प्रचारमा लिड अभिनेता विमलेश अधिकारी निर्माता योगेन्द्र खड्कासँग एक्लै दौडधुपमा छन् । 
 
लिड अभिनेत्री तथा निर्देशक आशिष भेटवाल अष्ट्रेलियामा रहेकोले पनि प्रचारका हिड्ने विलमेश मात्र भएका छन् । उता अर्का लिड अभिनेता अनुप बराल काठमाडौंमा नै रहेर पनि 'जंगबहादुरको कोट'को लागी कहिँ कतै लागिपरेका छैनन् । बाबार टेलिफोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएका अनुपको गुमनानले आफ्नै फिल्मप्रति कतै उनको कुनै जिम्मेवारी नै छैन् कि भन्ने भान दिलाएको छ । 
 
यो विषयमा कुरा गर्दा निर्माता खड्काले पछिल्लो समय आफुहरुको पनि नियमित सम्पर्कमा अनुप नआएको गुनासो गरे । फिल्म रिलिज हुँदैछ भन्ने सम्मको जानकारी दर्शकलाई नपुग्दा राम्रो भए पनि विजनेसमा असर देखिनसक्छ, विमलेश जी सँग एक्लै दौडधुपमा छु', खड्काले दुखेसो पोखे । 
 
फिल्ममा विमलेश र अनुपसँगै सुचित्रा आचार्य, आलोक कार्की लगायत लिड अभिनयमा छन् । फिल्म आउँदो शुक्रबार अर्थात यहि कार्तिक २६ बाट दर्शकमाझ आउँदैछ । मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबै पक्षित भनिएको फिल्मले दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ । यसअघि अष्ट्रेलियामा सम्पन्न प्रिमियरबाट समेत फिल्मले सुखद समिक्षा पाएको बताईन्छ । 
 
Most Visited News (monthly)