Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

'ड्रिम्स' गर्ल साम्राज्ञी तेश्रो प्रोजेक्टमा अनुबन्ध, आकाशसँग जोडी बाँध्ने पक्का

फिल्मीखबर, काठमाण्डौ, 2016/11/04
'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञराज्यलक्ष्मी शाह तेश्रो प्रोजेक्टमा अनुबन्ध भएकी छिन् । पहिलो फिल्मबाट नै आधा दर्जन बराबर अवार्ड थापिसकेकी साम्राज्ञीले दोश्रो प्रोजेक्टमा झरना थापाको 'ए मेरो हजुर' गरेकी थिईन् । 
 
झरनाको प्रोजेक्ट छायाँकन सकिएसँगै साम्राज्ञी अर्को प्रोजेक्टको तयारीमा जुटेकी हुन् ।
 
कलाकार शिशिर राणाको प्रोजेक्ट 'तिमी सँग' मा साम्राज्ञी लिड हिरोईनमा अनुबन्ध भएकी हुन् । जहाँ उनले 'म त तिम्रै हुँ' डेब्यू अभिनेता आकाश खड्कासँग अनस्कृन रोमान्स गर्नेछिन् ।
 
नमन प्रोडक्शन प्रालीको व्यानरमा बन्न फिल्म छिट्टै नै फ्लोरमा जाने बताईएको छ । फिल्मको नामले नै प्रेमकथाको छनक दिन्छ । साम्राज्ञीको अभिनयले पहिलो फिल्मबाट नै राम्रो तारिफ पायो भने उनले आम दर्शकबाट वाही वाही बटुलिन् ।
 
'ड्रिम्स'को अभिनयले नै उनलाई नेपाली फिल्म उद्योगले चम्किलो नक्षत्रको रुपमा लिएको छ ।
Most Visited News (monthly)