
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भई वाहवाही कमाइसकेको फिल्म 'कालो पोथी'को बुधवार राजधानीमा प्रिमियर गरिएको छ । ७२ औं भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा 'इन्टरनेसनल क्रिटिक्स विक' जितेको 'कालो पोथी'लाई प्रिमियरमा सबैले रूचाएको पाईयो ।

हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्तीको निर्माण सुरु गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरान्चौरका ६५ परिवार भूकम्पपीडितलाई दशैँ सम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य धुर्मुस-सुन्तली फाउण्डेसनले लिएको छ ।

बर्ष २०१६ को प्रतिच्छित फिल्म 'सुल्तान'को पहिलो गीत रिलिज भएको छ । 'बेबीको बास पसन्द है' बोलको सार्वजनिक गीत रोमान्टिक लाग्छ । जहाँ लिड कलााकर सलमान खान र अनुष्का फिचरिङमा छन् ।

२०१२ मा रिलिज भएको ब्लकवस्टर फिल्म 'लुट' सिक्वेलले युट्युवमा रिलिजको एक दिनमै किर्तिमानी कायम गरेको छ । मंगलबार दिउँसो ४ बजे रिलिज गरिएको टिजर अहिलेसम्म १ लाख ४० हजार पटक हेरिसकिएको छ ।


सामाजिक सञ्जालमा चर्चामा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित फिल्म 'लालजोडी'को अडियो जुकवक्स बाहिरिएको छ । युट्युवमा सार्वजनिक फिल्ममा समावेश चार गीत सुमधुर लाग्छन् । अडियोले नै फिल्म सांगितिक रुपमा सशक्त रहेको बुझ्न सकिन्छ ।

