Most Recent News Headlines
Results : 14557 - 14562 of 24018

फिल्मीखबर, काठमाडौं, 2016-08-18, बिहिवार
राजधानीमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न बनाईएको नियम विपरित आज अर्थात विहिवारबाटै दुई फिल्म प्रदर्शनमा आएका छन् । रक्षाबन्धनको अबसरमा परेको राष्ट्रिय विदालाई लक्षित गर्दै दिपेन्द्र के खनाल निर्देशित चपली हाईट २ र मिलन चाम्स निर्देशित वीर विक्रम प्रदर्शनमा आएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-17, बुधवार
चलचित्र निर्माता संघले हरेक हप्ता शुक्रबार रिलिज हुने फिल्मलाई एक हप्ते होल्ड ओभर दिनपर्ने भन्दै अन्य बार फिल्म रिलिज गर्न नपाउने गरी बनाएको नियम विपरित भोली अर्थात बिहिबारबाटै अर्को हप्ताको लागी दुई फिल्म रिलिज हुने भएका छन् । यसअघि प्रेस मिट गर्दै 'चपली हाईट २' टिमले ले शुक्रबार मात्रै प्रदर्शनमा आउने बोले पनि अन्ततः बिहिबार नै फिल्म लगाउने तयारीमा जुटेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-17, बुधवार
असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को नयाँ गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दुई अभिनेता किशोर खतिवडा र पृथ्वीराज शर्मासँग देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-17, बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब सामाजिक कार्यमा सकृय सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-17, बुधवार
भोली बिहिबारबाट मोफसलमा तथा शुक्रबारबाट राजधानीमा प्रदर्शनको तयारीमा रहेको फिल्म 'चपली हाईट २' पछिल्लो समय सिने वृत्तको हट केक बनिरहेको छ । सार्वजनिक ट्रेलर तथा गीतहरुले फिल्मले एक प्रकारको हाईप बनाईसक्दा हलमा दर्शक कति पुग्छन् त्यो हेर्न लायक हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-16, मंगलवार
'जिरे खुर्सानी' नेपाल टेलिभिजनबाट प्रशारण हुँदा यो सिरियल हेर्नहुन्थ्यो भने, 'मुखाँ हान्दिउँ जस्तो' ठेगोबाट परिचित कलाकार शिवहरी पौड्याल तपाईं पक्कै चिन्नुहुन्छ । उनै शिवहरी पौड्याल अहिले ठुलोपर्दाको फिल्म अभिनयमा सकृय छन् ।
Most Visited News (monthly)

