Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्स्टलुक पोस्टर तथा टिजरमा यस्तो छ 'दर्पणछायाँ २'

फिल्मीखबर, काठमाडौं, 2016/11/15
पुराना निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पणछायाँ २' को फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको  छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक गरियो भने टिजर तथा एक गीत समेत देखाईयो । 
 
 
'दर्पणमा छायाँ कति राम्रो..' बोलको गीत समेत रिलिज गरिएको हो । १ मिनेट लामो टिजर प्रोमोलाई पुर्णतः सांगितिक बनाईएको छ भने अन्य केहि दृश्यहरु समेत समावेश गरिएको छ । 
 
 
यस्तै फर्स्टलुक पोस्टरमा हिट फिल्म 'दर्पणछायाँ'को फ्लेभर झल्किन्छ भने पछिल्लो पुस्ता लक्षित गर्दै केहि नयाँ प्रयोग पनि गरिएको छ । कार्यक्रममा पुरानै कुरा दोहोर्याउँदै निर्देशक घिमिरेले फिल्मलाई दर्पणछायाँको सिक्वेलको रुपमा नबुझ्न आग्रह गरे । पुरानो नभई नयाँ पुस्तालाई मन पर्ने कथामा फिल्म बनेको भन्दै नयाँ कलाकर लिएर गरिएको काम निकै राम्रो बनेको पनि दाबी गरे । 
 
डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माण रहेको फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा छन् । फिल्मको संभावित प्रदर्शन मिति फागुन २७ लाई लिईएको छ ।
टिजर केहि समयपछि...
Most Visited News (monthly)