'नाई नभन्नु ल ४' डेब्यू अभिनेत्री बर्षा राउतले उक्त फिल्मबाट राम्रै चर्चा पाईन् । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी बर्षाले पहिलो फिल्मबाट तारिफसँगै आलोचना खेपेको कुरा पनि बिर्सिन हुन्न । उक्त आलोचना निर्देशक विकासराज आचार्य र बर्षा दुबैलाई ।

जात्राको एक दृश्यमा परिवारसँग बर्षा
पहिलो फिल्ममा मोटी देखिएकी भनेर आरोप खेपेकी बर्षाको ज्यान तुलनात्मक रुपमा घटेको छैन् । सोहि प्रकारको फिगरमा बर्षाले दोश्रो फिल्म 'छक्का पञ्जा' अनि तेस्रो फिल्म गरिन् 'जात्रा' । जात्रामा बर्षा लिड अभिनयमा बच्चाको आमा बनेर काम गरेकी छिन् । जहाँ पात्र अनुसार बर्षालाई राम्रै फिट देख्न सकिन्छ ।
विपिन कार्कीकी श्रीमती भएर पर्दामा देखिएकी बर्षाको अभिनयले फिल्मको सफलतासँगै तारिफ पाउने क्रम बढ्दो छ । बच्चा काखमा लिएर सिन्दुर पोतेमा सजिएकी अनि हाँसो र दुःखमा छोरासँगै खुशी मनाउँदा र पीडा भाव व्यक्त गर्दा सबैतिर बर्षा फिट छिन् ।
कहिँकतै बर्षाको भन्दा अर्का अभिनेता रविन्द्र झाकी पत्नि भएर देखिएकी प्रियंका झाको अभिनय माथी देखिए पनि प्रियंकाको अभिनयलाई केहि दर्शकले लाउड मानेका छन् तर बर्षाको हाँसो र आँशु दुबै निकाल्ने अभिनयमा दर्शकले आन्नद लिएको पाइन्छ । त्यसैले मोटी आरोप खेपेकी बर्षाको 'जात्रा' हेरेपछि गसिप बजारमा चर्चा बढेको छ, 'आमा बन्दा पुरा फिट देखिईन बर्षा' !
गसिप

