Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

यस्तो छ 'जात्रा'को चार दिने विजनेस (वक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/11/15
समिक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म 'जात्रा'ले वक्सअफिसमा पनि राम्रै विजनेसलाई जारी राखेको छ । मल्टिप्लेक्समा उत्कृष्ट देखिएको फिल्मको विजनेस सिंगल स्कृनमा पनि सुखद रहेको निर्माण टिम तथा वितरक कम्पनिबाट प्राप्त विवरणमा उल्लेख छ । 
 
वितरण कम्पनि पप्कर्न पिक्चर्सका माधव वाग्लेले दिएको जानकारी अनुसार फिल्मले चार दिनमा ६२ लाखको विजनेस गरेको छ । 'तीन दिनमा फिल्मले ५२ लाखको विजनेस गरकेो थियो, सोमबार दर्शकको साथ उत्तिकै उत्कृष्ट देखियो, वाग्लेले भने, 'सोमबार मात्रै १० लाखको विजनेस गर्न 'जात्रा' सफल छ ।'
 
वर्ड अफ माउफ उत्कृष्ट रहेको कारण अनि  सोसियल मिडियामा देखिएको उत्तिकै चर्चाले फिल्मप्रति दर्शक बढिरहेका छन् ।  'क्युएफएक्स'ले फिल्मलाई शुक्रबार र शनिबार नौ शो मात्रै दिएको भएपनि मंगलबारसम्म आईपुग्दा शो बढाएर १२  पुर्याएको छ । 
 
प्रदिप भट्टराई निर्देशित फिल्ममा रविन्द्रसिंह बानियाँ, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, प्रियंका झा, प्रकाश घिमिरे, भोलाराज सापकोटा लगायत लिड अभिनयमा छन् ।
 
Most Visited News (monthly)