Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

वास्तविक कथाका 'रुट नं २३', जन्मदिनमा बलामीलाई फिल्म उपहार

फिल्मीखबर, काठमाडौं, 2016/11/17
 
पछिल्लो पटक यथार्थ अनि वास्तविक कथा भनेर फिल्म बन्ने क्रम बढ्दो छ । समाजको सहि चित्रण भन्दै बन्ने कति फिल्म सामाजिक वास्तविकतामा देखिन्छन् त कतिको गफ गफमै सिमित हुन्छ । यो बीचमा सत्य कथा बोल्ने भन्दै अर्को फिल्म बन्ने भएको छ 'रुट नं २३' । 
 
 
सञ्चारकर्मी, निर्माता मात्र नभई ६ फिल्म निर्देशन गरिसकेका समिर बलामीको जन्मदिनको केक काट्दै अबसरमा फिल्मको निर्माण घोषणा भयो । फिल्ममा निर्माताको रुपमा आउँदै गरेका प्रोफेसर तथा व्यवसायी राजेन्द्र त्रिपाठीले बलामीलाई जन्मदिनक ोउपहार स्वरुप फिल्म उपहार दिएको बताए । 
 
व्यवस्थापिका सांसद रामवीर मानन्धरको माईक्रोमा द्वन्द्वकालको समयमा बालाजुबाट भि त्रशिवपुरी तथा नागार्जुनको बीच सडकमा भएको बम विष्फोटको कथा फिल्मले बोल्नेछ । जुन विस्फोटबाट माईक्रोमा रहेका सह चालकबाहेक सबैको निधन भएको थियो ।
 
कर्यक्रममा प्रमुख अतिथी हल व्यवसायी समेत रहेका मानन्धरले फिल्म सामाजिक मात्र नभई जन आन्दोलनको भावनासँग पनि जोडिने बताए । भोटको लडाइंमा परेर ज्यान गुमाउन बाध्य निर्दोष नागरिकको यथार्थता समेत पस्किनुपर्ने भन्दै फिल्मले सामाजिक परिवेशको महत्वलाई समेत जोड्नपर्ने धारणा उनले राखे । 
 
यस्तै निर्माणमा हात हाल्न लागेका त्रिपाठीले पैसा बढि भएर लगानीमा नआएको भन्दै आफ्नो पनि लगाव रहेको क्षेत्र फिल्म उद्योग भन्दै केहि गरौं भन्ने दृढताका साथ आएको बताए । युवामा बढी संभावना देखिएको र युवालाई नै नेतृत्व गर्न दिँदैगर्दा उ्तसको प्रतिफल पनि राम्रो आउने आशाका साथ समिर बलामीलाई निर्देशनको जिम्मा दिएको उनको तर्क थियो । 
 
पहिलो फिल्म निर्माण गर्दै गर्दा फिल्मकर्मी, सञ्चारकर्मी तथा यो क्षेत्रको वातावरणले आफुलाई रिजाउन सके फिल्म निर्माणको क्रमलाई निरन्तरता दिईरहने त्रिपाठीको भनाई थियो । 
 
यस्तै जन्मदिन मनाईरहेका निर्देशक बलामीले 'रुट नं २३' को यथार्थता बुझ्न कति पटक अदृश्य जस्तै बनेर आफै त्यो क्षेत्रमा सह चालकसम्म बनेर हिँडेको भन्दै ठुलो रिसर्चबाट मात्रै काम अघि बढाउन लागेको बताए । उनले पछिल्लो समय भित्रिईरहेको नयाँ प्रविधीलाई प्रयोग गर्दै अहिलेसम्मको अनुभवलाई पुर्णतः खर्चेर फिल्मलाई जतिसक्दो राम्रो बनाउने प्रयास आफ्नो रहने बताए । 
 
आउँदो फागुन १ गते एक कार्यक्रमका बीच फस्टलुक सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु गर्ने कार्यक्रममा जानकारी गराईयो   तर लिड कलाकार को-को रहने भने खुलाईएको छैन् । फिल्मको टिजर पोस्टर नयाँ बर्ष २०७४ को पहिलो दिन सार्वजनिक गरिने बताईएको छ भने रिलिज मिति समेत अर्को बर्षको दशैंमा तोकिसकिएको छ ।
 
महेशराज ढकाल, विक्रम श्रेष्ठ र दिपेन्द्र शाक्य निर्माता रहेको 'रुट नं २३'मा अभिनय जोडिने नयाँ अनुहार सुधिर श्रेष्ठको नाम मात्र अहिले पब्लिक गरिएको छ । फिल्मको बजेट १ करोड ५० लाख रहने समेत कार्यक्रममा जानकारी गराइयो ।
तस्विरः उद्धव रसाईली
Most Visited News (monthly)