गत हप्ता रिलिज फिल्म 'जात्रा'ले सफलताको विजनेसलाई जारी राख्दै प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । दर्शक तथा फिल्म समिक्षक सबैबाट प्रशंसा भेटेको फिल्मको पहिलो हप्ताको विजनेस सुखद छ ।
दोस्रो हप्ता प्रवेशसँगै मोफसल यात्रामा निर्माण टिम निस्किरहँदा काठमाडौंका मल्टिप्लेक्समा दर्शकको चाप उत्तिकै छ । फिल्मले सिंगल स्कृनमा भन्दा राम्रो विजनेस मल्टिप्लेक्समा गरिरहेको छ । वितरण कम्पनि तथा हल सञ्चालकहरुबाट प्राप्त विवरणलाई आधार मान्दा पहिलो साताको 'जात्रा' कमाई १ करोड १० लाख बढि ग्रस पाईएको छ ।
फिल्मले नेपालसँगै विदेश प्रदर्शनको अधिकार धेरै विक्री भईसक्दा नाफाको विजनेस सुरु गरेको छ । प्रदिप भट्टराईले फिल्मका निर्देशक हुन् भने रविन्द्रसिंह बानियाँ, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, प्रियंका झा, प्रकाश घिमिरे लगायत लिड अभिनयमा छन् । अहिले पनि फिल्मको वर्ड अफ माउथ उच्च छ ।

