सलमान खान र शाहरुख खान बलिउडका दुई किङ । तर यी दुई स्टार एकसाथ पर्दामा नदेखिएको थुप्रै भईसक्यो । २००२ मा रिलिज फिल्म 'हुम तुम्हारे है सनम' मा एकसाथ देखिएका सलमान र शाहरुख त्यसयता पर्दामा एकसाथ छैनन् ।
यो बीचमा हल्ला बढेको छ कि छायाँकनको क्रममा रहेको सलमानको फिल्म 'ट्युवलाईट'मा शाहरुख केमियो रोलमा देखिँदैछन् । बलिउड मिडियामा छाईरहेको गसिप समाचारले दर्शकलाई पनि एक प्रकारको खुशी छाएको छ कि सम्बन्धमा दरार भनिएका दुई खान एकसाथ पर्दामा देखिँदैछन् ।
यो चर्चा र हल्लाले 'ट्युवलाईट' निर्देशक कबिर खानलाई भने टाउको दुखाईको बिषय बनेको छ । त्यसपश्चार कबिरले भने स्पष्टिकरण दिँदै शाहरुख केमियो रोलमा रहने भन्ने कुरा अहिले नै पक्का नभएको बताएका छन् । उनले मिडियामाझ बोल्दै अहिलेसम्म केहि पक्का नभएको भन्दै जहिले पक्क हुन्छ त्यो दिन सबै कुरा खोल्ने दाबी गरे ।

