फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन नेपाली फिल्म प्रदर्शनमा आएका छ्न । फिल्म हुन्, 'दि फेमस', 'पुरानो पुस्ता' र 'छायाँ' । यी तीन नेपालसँगै बलिउड स्टार जोहन अब्राहम अभिनित फिल्म 'फोर्स २' पनि नेपाी हलमा एकसाथ लागेको छ ।
सञ्चारकर्मी समेत रहेका समिर बलामीको निर्माण निर्देशन रहेको फिल्म 'दि फेमस' युवापुस्ता लक्षित फिल्म हो । त्रिकोणात्मक प्रेमथा बोल्ने फिल्ममा सविना कार्की, प्रमोद खड्का, सुमन थापा, सोनिया जिआर लगायत अभिनयमा छन् ।
यस्तै १ सय बर्ष पुरानो नेपाली समाजको कथा बोल्ने फिल्म 'पुरानो पुस्ता'लाई दीपसागरले निर्देशन गरेका छन् । नेपाली समाजको यथार्थता बोल्ने भनिएको फिल्म चलोस् नचलोस्, तर निर्माण टिमले भने यो फिल्मका चार वटा सिक्वेल बनाईछाड्ने घोषणा गरिसकेको छ ।
उता मनोज पण्डित निर्देशित 'छायाँ'वाल मनोविज्ञानमा आधारित फिल्म हो । च्यारिटी तथा प्रिमियरबाट राम्रो प्रतिक्रिया भेटेको फिल्ममा साईब्रत आचार्य लिड कलाकार छन् ।

