१२: ३० मा फिल्मीखबरकर्मीलाई फिल्म 'जात्रा' टिमको तर्फबाट फोन आयो, केहि हप्ताको अमेरिका बसाईपछि बिहिबार नै नेपाल फर्केका वरिष्ठ कलाकार हरिवंश आचार्य विमानस्थलबाट सिधै जात्रा' हेर्न फिल्म हल पुग्दैछन् '। सोही अपडेटको लागी हलमा आईदिनुहोला ।
.jpg)
हरिवंश आचार्र परिवारको साथमा जात्रा निर्देशक प्रदिप भट्टराई (दायाँबाट पहिलो)
सोहि खबर अन्य मिडियामा पनि पुग्यो । हरिवंशका चेला रहेका उक्त फिल्मका निर्देशक प्रदिप भट्टराईको काम हेर्न उनको फिल्म हेर्न भन्दै हरिवंश घर समेत नगई सिधै फिल्म हलमा आउँदै गरेको अनि फिल्म हेर्न टिकट बुक भईसकेको भनेर । उक्त जानकारीमा फिल्म निर्माता रविन्द्रसिंह बानियाँले १२ : १५ को शो अन्तर्गत हात्तिसार स्थित जयनेपाल हलमा फिल्म हेर्न हरिवंश आएको बताईएको थियो ।
सोही मुताविक फिल्म समाप्त हुने समय हेर्दै मिडियाकर्मी क्यामेरा र बुम बोकेर २:३० बजे हलमा पुगे । सो समयमा पनि हरिवंशले फिल्म हेरिरहेको र निस्किँदै गरेको खबर मात्र निर्माण टिमले सेयर गरेको थियो । 'जात्रा'का एक कलाकार समेत रहेका जयनेपाल हल म्यानेजर विनोद पौडेललाई सोधपुछ गर्दा उनले भने आफुलाई कुनै जानकारी नभएको बताउँदै थिए ।
तर जब फिल्म सकियो, हलमा हरिवंश नै छैनन् । ४ सय बढि दर्शक क्षमताको हलमा करिब आधा सिट दर्शकले भरिएको शो सकिँदा दर्शक बाहिरिँदै गए तर त्यो भीडमा कोहि हरिवंश थिएनन्, नत त्यहाँ फिल्म निर्माण टिम नै थियो । फोन गर्न खोज्दा निर्मातासँग सम्पर्क हुनसकेन् ।
अन्तिममा नयाँ कुरा आयो कि हरिवंश हलमा पुगेर फिल्म युनिटलाई भेट गर्दै 'पछि हेर्छु' भनेर घर फर्केका थिए । उक्त समयमा निर्माता बानियाँ समेत त्यहि थिए, उनैसँग अन्तिम हात मिलाउँदै साँझ वा भोली मात्र 'जात्रा' हेर्नु भनेर परिवारसहितआएका हरिवंश हलबाट बाहिरिएका थिए ।
तर यो कुरा निर्माता बानियाँले मिडियामाझ खेलाँची सम्झे । हरिवशं बाहिरिएको कुरा जानकारी गराएनन्, मिडियालाई उनले उल्टै 'प्रयाङ्क' स्टाईलमा छले । आफुले अन्तर्वार्ता दिँदै गर्दा त 'एकछिन है' भनेर कामलाई प्राथमिकता दिने बानियाँले मिडिया र मिडियाकर्मीको समयलाई फुर्सदिलो सम्झे सायद ।
मिडियाको समयलाई बेकामको सम्झिने बानियाँले भोलीको दिनमा यो प्रकारको खेलाँची गर्नुपुर्व एक पटक सोच्नुपर्ने हुनसक्छ । नत्र यस्ता 'प्रयाङ्क' स्टाईलको खेल गर्दैअघि बढ्दा भोली आफैलाई अफ्ठ्यारो पर्यो भने त्यो बेला बल्ल समयको अनि विश्वासको महत्व उनले बुझ्नेछन् ।

