Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कामना अवार्ड'को मिति तय, भीडन्तमा अनमोल भर्सेज दयाहाङ पुस्ता !

फिल्मीखबर, काठमाडौं, 2016/11/17
कामना प्रकाशनको तर्फबाट आयोजना हुन लागेको दोश्रो कामना अवार्डको मिति तय भएको छ । जानकारीमा आए अनुसार यो अवार्ड कार्यक्रम यहि मंसि १८ गते राजधानीमा हुनेछ । 
 
फाईल फोटो
सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुन लागेको 'लक्स कामना अवार्ड २०७३' भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको हो । अवार्डको पहिलो संस्करण पनि सोहि ठाउँमा भएको थियो । 
 
यो पटक अवार्डमा पहिलो संस्करणमा समेटिएका विधासँगै थप एक नयाँ विधा पनि थपिएको छ, लक्स पपुलर च्वाईस अवार्ड ।  थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिनेछ । 
 
यो पटक उत्कृष्टको दौडमा पछिल्लो बर्ष रिलिज अनि व्यवसायिक हिट र चर्चित फिल्म नै प्रतिस्पर्धामा देखिएका छन् । उत्कृष्ट फिल्मको दौडमा पशुपतिप्रसाद, प्रेमगीत, क्लासिक, नाई नभन्नु ल ४ र ड्रिम्स परेका छन् भने अभिनेता तर्फ दयाहाङ राइ, आर्यन सिग्देल, अनमोल केसी, सौगात मल्ल र खगेन्द्र लामिछाने प्रतिस्पर्धा हुँदैछ ।
 
यस्तै अभिनेत्री तर्फ नम्रता श्रेष्ठ, पूजा शर्मा,  केकी अधिकारी, शिल्पा पोखरेल र प्रियंका कार्की उत्कृष्टको दौडमा छन् । २६ विधामा वितरण हुन लागेको अवार्डमा १८ विधा अन्तर्गत १० प्रतिशत एसएमएस मतको आधारमा र ९० प्रतिशत निर्णायकको छनोटमा विजेता छुट्याईने बताईएको छ ।

 

Most Visited News (monthly)