Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14425 - 14430 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-12, मंगलवार

ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘चपली हाइट २’को पहिलो गीत ‘गल्ती गरौ न’ सार्वजनिक गरिएको छ । चलचित्र ‘चपली हाइट २’ मा मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल राना र मरिष्का पोख्रेल पनि मुख्य भूमिका रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-11, सोमवार

नेपाल भारत दुवै देशमा सलमान अभिनित फिल्म ‘सुल्तान’ले रेकर्डब्रेक कमाई गरेको छ । प्रदर्शनको पाँचौ दिन नेपालबाट मात्र फिल्मले दिनको एक करोडका दरले ५ करोड ग्रस गरेको छ  भने भारतमा फिल्म ५ दिनमा १८० करोड कमाई गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-11, सोमवार

रेसम फिलिलि अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । सोमबार तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनी थापाको सिउँदोमा सिन्दुर भरे । विनय र एनीले तीन वर्ष यताको प्रेम सम्बन्धलाई लगनगाँठो कसेर मजबुत बनाएका हुन् । सो अघि भने विनय ऋचा शर्मासँगको प्रेम सम्बन्धमा रहेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-07-11, सोमवार

नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ सुटुक्क हङकङ पुगेका छन् ।  आइतबार हङकङमा भएको सोका लागि दुवै हङकङ पुगेका हुन् । शनिबार उनीहरु सँगै उडेका थिए ।
पर्दामा झैं पर्दा बाहिर पनि आर्यन नम्रताको मित्रता उल्लेख्य मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-11, सोमवार

धनगढीस्थित चन्दन टाकिजले अनधिकृत रुपमा फिल्म प्रदर्शन गरेको भन्दै चलचित्र विकास बोर्डको आग्रहमा , जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले छापा मारेका छन् । रिलिजका लागि सेन्सर नै नभएको ‘ग्रेट ग्रान्ड मस्ती’ प्रदर्शन गरिरहेको उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा सो हल नविकरण नै नभएको पाइएको बोर्डका अधिकृत चिरञ्जिवी गुरागाईंले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-11, सोमवार

अहिलेकी व्यस्त अनि सुन्दर अभिनय गर्ने अभिनेत्री केकी अधिकारी हाल 'जोसेफ' फिल्मको सुटिङमा व्यस्त छिन् । धर्म परिवर्तनबाट परिवारमा हुने मनमुटावको कथा बोकेको यस फिल्ममा केकी केन्द्रिय भूमिकामा रहनेछिन् ।  

Results : 14425 - 14430 of 23748
Most Visited News (monthly)