Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा हुने इफोनको फिक्सन प्रतिस्पर्धामा 'कालो पोथी' र 'छायाँ'को ईन्ट्री

फिल्मीखबर, काठमाडौं, 2016/12/27

आगामी पुष २७ बाट माघ २ सम्म धरानको विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने ‘इन्टरनेशलन फिल्म फेस्टिभल अफ नेपाल–२०१७ (इफोन)मा ‘इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसन’मा नेपालबाट दुई फिल्म चयन भएका छन् ।


सो कम्पिटिशनका लागि नेपालबाट कुल ८ फिल्म फिक्सनमा परेकोमा मिन बहादुर भाम निर्देशित ‘कालो पोथी’ र मनोज पण्डित निर्देशित ‘छायाँ’ चयन भएका हुन् । फेस्टिभलमा इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटीशनमा विभिन्न ६ देशका नौ फिल्म परेका छन् । जस मध्ये नेपालबाट ‘कालो पाथी’ र ‘छायाँ’ गरी दुई फिल्म, भारतबाट ‘हाफ टिकट’ र ‘लेडी अफ द लेक’ गरी दुई ओटा फिल्म छानिएका छन् । बंगलादेशबाट पनि ‘इन्नर साउन्ड’ र ‘जर्नी टु रुट’ गरी दुई ओटा फिल्म चयन भएका छन् ।

इफोनमा छानिएका नौ वटै फिल्म अन्तराष्ट्रिय फिल्मले कम्पिटिसनमा भाग लिएर अवार्ड जितीसकेका हुन् । त्यसैले यी नौ मध्ये कुन फिल्मले गौतम बुद्ध अवार्ड जित्न भन्ने बारे अहिले नै अनुमान लगाउन गाह्रो छ । तर विदेशी सिनेमाहरुसँग नेपालका दुई फिल्मको पनि ससक्त प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै जर्मनबाट ‘सि–ओ–से–पोल’, क्युबाबाट ‘होटल न्युभाइस्ला’ र रुसबाट ‘स्टेपी गेम्स्’ चयन भएको छ । फिक्सन फिल्ममा उत्कृष्ट हुने फिल्मले एक हजार अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड प्राप्त गर्ने फेस्टिबल निर्देशक केपी पाठकले जानकारी गराए ।

Most Visited News (monthly)