Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14419 - 14424 of 23748
फिल्मीखबर, काठमाण्डौ, 2016-07-13, बुधवार

अनमोल केसीलेसुरेन्द्र पौडेलको फिल्म ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएको चर्चा बजारमा सेलाएको छैन । नयाँ भूमिकाका लागि तयारी पनि राम्रै गर्नु पर्ने भएकाले पैसा पनि राम्रै चार्ज गरेको बताएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-13, बुधवार

केहि बर्ष अगाडी प्रदर्शनमा आएको फिल्म 'चपली हाइट'बाट अभिनेत्रीको रूपमा उचाई लिएकी बिनिता बराल यतिबेला लेखिका बनेर अर्को उचाई लिंदै छिन् । उनले लेखेको 'जुइनो' नामक उपन्यासको विमोचन भोली बीहिबार दिउसो ४:३० बजे पर्यटन बोर्डमा हुँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2016-07-13, बुधवार

‘सेफ ल्यान्डिङ’ हलको मुख देख्न नपाई सिधै युट्युबमा रिलिज हुने दोस्रो फिल्म बनेको छ । यसअघि अभिनेता राजबल्लभ कोइरालाले निर्माण गरेको फिल्म ‘राघव’ सिधै युट्युबमा रिलिज गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2016-07-13, बुधवार

अभिनेत्री रेखा थापाले फेरि निर्देशक बन्ने सम्भावना व्यक्त गरेकी छिन् । दुई वर्षअघि ‘हिम्मतवाली’ निर्देशन गरेकी रेखाले आफूले निर्माण गर्ने फिल्म आफैंले निर्देशन गर्ने सम्भावना व्यक्त गरेकी हुन् । अनौपचारिक कुराकानीमा उनले निर्देशक नभेटिएको भन्दै आफैं निर्देशन गर्ने बताएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-12, मंगलवार

संगीतकार चेतन सापकोटाले आफू काम विहिन भएको बताएका छन् । मंगलबार भएको एक कार्यक्रममा उनले आफूलाई कुनै पनि निर्माताले संगीतका लागि नपत्याएको गुनासो गरे ।
‘म अरु जस्तो झुटा बोल्दिन । मसँग संगीत गर्नलाई एउटा पनि फिल्म छैनन् । कसैले काम दिए आभारी हुने थिएँ,’ कार्यक्रममा चेतनले दुखेसो गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-07-12, मंगलवार

तीन वर्ष अघि नै निर्माण सम्पन्न भएको फिल्म ‘गुडलक’ले बल्ल प्रदर्शन मिति जुराएको छ । मंगलबार नयाँ बानेश्वरमा औपचारिक कार्यक्रम गर्दै फिल्म युनिटले रिलिज मिति सार्वजनिक गर्यो । सोही समयमा फिल्मको नयाँ प्रोमो र गीत सार्वजनिक गरिएको थियो ।

Results : 14419 - 14424 of 23748
Most Visited News (monthly)