चलचित्र प्राविधिक संघको दुबईमा सम्पन्न नवौं संस्करणको नेफ्टा अवार्डमा तारिफ र विवादका शब्दहरु अहिले सामाजिक सञ्जालमा तथा मिडियाहरु हटकेक बनिरहेका छन् । यो बीचमा प्रसंसा र आलोचनाका शब्दहेरु व्यक्त हुँदै गर्दा आयोजक संस्था बित्रै नयाँ तरङ्ग सृजना हुने देखिएको छ ।
शुक्रबार दुबईमा सम्पन्न नेफ्टा अवार्ड पश्चात आईतबार काठमाडौं फर्केका संघका महासचिव सुरज आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । आचार्यले संघको कार्यालयमा बुझाएको राजिनामा पत्रमा 'नैतिकता' को प्रश्न उब्जेको छ ।
फिल्मीखबरलाई प्राप्त आचार्यक राजीनामा पत्रमा उल्लेख छ कि, 'नवौं नेफ्टा अवार्डम भएको मनोमानी र यसको कारण संघलाई लागेको कालो धब्बालाई रोक्न नसक्दा मलाई मेरो आत्माले दिएन, त्यसैले आजकै मितिबाट महासचिव पदबाट राजिनामा दिएको छु ।'
आचार्यले महासचिव निर्चाचित गराउने सबैलाई धन्यवाद बोलेका छन् त राजिनामा पत्रमा हालसम्मको कार्यकालमा रहँदा केहि राम्रो गर्ने प्रयास समेत गरेको उल्लेख गरेका छन् । भोलीका दिनमा साधारण सदस्य रहेर संघको हक हितमा लागिरहने प्रतिवद्धता समेत व्यक्त छ ।
यस्तो छ राजिनामा पत्रको व्यहोरा:


