पौष २९ लाई प्रदर्शन मिति तोकिएकोमा पुनः हेरफेर गर्दै पौष २८ मै रिलिजको घोषणासँगै फिल्म 'किङ' को दोश्रो ट्रेलर फालिएको छ । ट्रेलरमा लिड कलाकार निखिल उप्रेती, अनुपबिक्रम शआही र वेनिशा हमाल फिचरिङमा छन् ।
ट्रेलर हेर्दा हिरो निखिल र भिलेन बनेका अनुपबीचको द्वन्द्व फिल्मले बोल्ने भान हुन्छ । जसको कारक हुन्छिन्, अभिनेत्री वेनिशा । फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन् ।
हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा उल्लेखित कलाकारसँगै प्रज्वलसुजल गिरी, रुपा राना र जगन श्रेष्ठ लिड अभिनयमा छन् ।

