Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14407 - 14412 of 23748
एजेन्सी, मुम्बई, 2016-07-17, आईतवार

‘सुल्तान’ स्टार सलमान खान र पोर्न स्टार सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएका छन् । गुगलले हालै मात्र सर्वाधिक खोजिने ५ अभिनेता, अभिनेत्री,गायक तथा फिल्मको सूची सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-07-17, आईतवार

गाडिमा काम गर्ने ड्राइभरको सङ्घर्षलाई कथावस्तु बनाएर तयार पारिएको चलचित्र 'ड्राइभर दाइ' को ट्रेलर तथा गित सार्वजनिक भएको छ । बि.एस. बलामिले निर्देशन गरेको फिल्ममा ड्राइभरको सङ्घर्ष सङ्गै उसको प्रेम र द्दन्द देखाइको निर्देशकले बताएका छ्न ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-17, आईतवार

साउन ७ गते शुक्रबारबाट देशैभर एकसाथ रिलिज हुन लागेको फिल्म `म त तिम्रै हुँ` मार्फत नयाँ अनुहारहरु आफ्नो पहिचान नेपाली फिल्म क्षेत्रमा बनाउने प्रयासमा छन् । आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्श्ना योगी, अनुपम श्रेष्ठ लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिन पर्दामा देखिंदै छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-07-16, शनिवार

एन् पि फिल्मस् प्रोडक्सन को ब्यानर मा बन्न लागेको चलचित्र ‘दिपज्योती’को आज शुभ मुर्हत गरिएको छ । शनिबार काठमांडौमा आयोजित एक कार्यक्रममा उध्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद)ले दिप प्रज्वलन गरेर चलचित्र 'दिपज्योती'को शुभारम्भ गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-15, शुक्रवार

काठमाण्डौस्थित जमल नाचघरमा बिहिबार साँझ 'पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड' सु-सम्पन्न भयो । सो अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली साहित्यमा अतुलनिय योगदान रहेको कारणले 'पाँचौ म्युजिक खबर अवार्ड-२०७३' को अवसरमा 'म्युजिक खबर दिर्घ साधना सम्मान-२०७३' बाट सम्मान गरिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-15, शुक्रवार
गत बर्षको भूकम्पबाट पीडित बनेका सिन्धुपाल्चोकको गिरान्चौरबासीका लागि नमुना बस्ती निर्माण गर्दै गरेका सिताराम कट्टेल 'धुर्मुस' र कुन्ञ्जना घिमिरे 'सुन्तली'को टिमलाई अभिनेत्री ऋचा शर्माले आर्थिक सहयोग गरेकी छिन् । 
 
Results : 14407 - 14412 of 23748
Most Visited News (monthly)