
सुस्मिताको निर्माणमा बनेको चलिचत्र ‘म त तिम्रै हुँ’ साउन ७ गतेबाट रिलिज हुँदैछ । अनमोल केसी निर्माता रहेको चलचित्र ‘म त तिम्रै हुँ’ बाट नयाँ अनुहार आकाश श्रेष्ठ र ज्योत्सना योगीको आगमन हुँदैछ । नयाँ अनुहारमाथि धेरैले अविश्वास गरिरहँदा निर्मात्री सुस्मिता केसीले आफूले ल्याएका कलाकारमाथि भरोसा व्यक्त गरेकी छिन् ।

आयुष्मान देसराज श्रेष्ठ र परामित राणा ‘चपली हाइट २’ नयाँ अनुहार हुन् । फिल्म भित्र उनीहरु जोडीको रुपमा देखिन्छन् । तर पर्दा बाहिर पनि दुवै ‘लव कपल’ हुन् अर्थात् असली जोडी हुन् । फिल्म रिलिज नजिकिँदै गर्दा यो जोडी सार्वजनिक कार्यक्रममा बाक्लै देखिन थालेको छ । शनिबार पनि यो जोडी दरमार्गमा खुलेको नयाँ नाइट क्लबको उद्घाटन गरेको थियो । उद्घाटनमा दुवैलाई निर्माता माधव वाग्ले, निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन कुमार, निर्देशक सुब्रत आचार्य, कलाकार गजित विष्ट, परामिता राणा, नवीन लम्साल, साइब्रत आचार्य लगायतले केक काटेर साथ दिएका थिए ।

कलाकार र स्वास्थकर्मी मिलेर ललितपुरको लगनखेलस्थित सञ्चय कोष भवनमा सञ्चालनमा आएको पाटन प्याथ ल्याब प्रालिको शुभारम्भ गरेका छन् । हालसम्मकै अत्याधुुनिक प्रविधी र मेशिनसहित सञ्चालनमा ल्याइएको ल्याबको हास्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला, ल्याबका सञ्चालक रेशम भट्टराई, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशचन्द्र न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

‘नाईं नभन्नू ल’ निर्माण समूहले कीर्तिपुरमा रहेका एचआइभी पीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम कीर्तिपुरमा रहेको बेबी लाइफ होमलाई शनिबार प्रदान गरेको हो ।


रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म 'वृन्दावन’मा मुख्य भुमिका निर्वाह गरेकी शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा देखिएकी छिन् ।

