
रामबाबु गुरुङले निर्देशन गरेको फिल्म 'पूरानो डुङ्गा' को टिजर गीत र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दयाहाङ राई, प्रियङ्का कार्की, माओत्से गुरुङ्ग र मेनुका प्रधानलाई देख्न सकिन्छ ।


मोडल तथा अभिनेत्री बिनिता बरालको पहिलो उपन्यास जुइनोको विमोचन एक समारोहबीच भयो । पुस्तक विमोचन अभिनेत्री ऋचा शर्मा तथा लेखिकाले संयुक्त रुपमा गरे । लेखक बरालले चपली हाइट लगायतका फिल्महरुमा अभिनय गर्नुका साथै थुप्रै मोडलिङ पनि गरेकी छिन् । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दे गरेकी बराल पुस्तक विमोचनका लागि नेपाल आएकी हुन् ।

भदौ महिनामा रिलिज हुने केही चलचित्र शुक्रबार रिलिज नहुने भएका छन् । भदौ ३ अर्थात शुक्रबारबाट रिलिज हुने भनिएको चलचित्र ‘वीर विक्रम’ पनि अब एक दिन अगाडि सरेको छ । यो चलचित्र भदौ २ गते बिहिबारबाट रिलिज हुने निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

सलमान अभिनित फिल्म ‘सुल्तान’ले बक्स अफिसमा पैसा वर्षाएसँगै दिनहुँ नयाँ नयाँ रेकर्ड कायम गरेको छ । भारतीय मिडियाले सलमानको फिल्मले हालसम्म १३ वटा रेकर्ड कायम गरेको बताएका छन् । फिल्मले ८ दिनमा २१९ करोडको व्यापार गरेको छ । ‘सुल्तान’ले राखेका १३ रेकर्ड यसप्रकार रहेका छन् ।

सेलिब्रेटीलाई विदेश पानी पँधेरो हुन थालेको छ । साँस्कृतिक कार्यक्रमको बहानामा कलाकार आजभोलि देश भन्दा ज्यादा विदेशमा भेटिन्छन् । यही लिस्टमा थपिएकी छिन् करिष्मा मानन्धर पनि । करिष्मा मानन्धर पनि साँस्कृतिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी छिन् । करिष्मा तीजको अवसर पारेर शनिवार हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन कलाकार विल्सन बिक्रम राई र गायिका मेलिना राईका साथ करिष्मा सिड्नी झरेकी हुन् ।

