Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'दंगल' विजनेस तीन दिनमा सय करोड माथी, 'पिके'लाई उछिन्यो

एजेन्सी, मुम्बई, 2016/12/26

वलिउड स्टार आमिर खान स्टारर फिल्म 'दंगल'ले तीन दिनमा नै सय करोड बढिको विजनेस गरेको छ । पहिलो दिन २९ करोड ७८ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन ३४ करोड ८२ लाख र तेश्रो दिन ४२ करोड ३५ लाखको विजनेस गर्यो ।

 


क्रिसमसको छेकोमा प्रदर्शनमा आएको फिल्मले आईतबार सार्वजनिक विदाको फाईदा उठाउँदा  तीन दिनको कलेक्सन १ सय ६ करोड ९५ लाख पुगेको छ । समिक्षकबाट फिल्मले उत्कृष्ट  प्रतिक्रिया पाएको छ । वर्ड अफ माउथ पनि उत्कृष्ट छ ।

स्पोर्ट्स ड्रामा 'दंगल'ले  आमिरकै रेकर्डेवल विजनेस गरेको फिल्म 'पिके'को भन्दा माथी विजनेस गरेको छ । पिकेले पहिलो तीन दिनमा ९५ करोड २१ लाखको विजनेस गरेको थियो । 'दंगल'ले पिकेको किर्तिमानी विजनेस रेकर्ड समेत ब्रेक गर्ने अनुमान लगाईएको छ ।

Most Visited News (monthly)