मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रेकफास्टमा ब्याईफ्रेण्ड नआएपछि बर्षाको गुनासो

फिल्मीखबर, काठमाडौं, 2016/12/28
पछिल्लो समय एकपछि अर्को गर्दै सफलताको स्वाद चाख्ने कोहि अभिनेत्री छन् भने उनी हुन् बर्षा राउत । डेब्यू फिल्म 'नाई नभन्नु ल ४' को सफलता दोश्रो पटक 'छक्का पञ्जा' अनि सफलताको ह्याट्रिकमा 'जात्रा' । यी हिरोइनलाई अभिनय यस्तो फाप्यो कि धेरैले 'बर्षालाई लक' लागेको सम्म भन्न भ्याए । 
 
उनै बर्षा अभिनयसँगै प्रेमका कारण पनि सधैंजसो चर्चामा हुन्छिन् । संजोग कोईरालासछगको लभ अफेयस कसैबाट छिपेको छैन् । तर बुधबारको दिन बिहानीबाट सुरु हुँदै गर्दा बर्षालाई ब्वाईफ्रेण्डले नै तनाब दिए क्यारे, फेसबुकमा स्टाटस लेखेरै दुखेसो पोखिन् । 
 
बर्षाले स्टाटसमा २ घण्टादेखि ब्रेकफास्टको लागी संजोगलाई पर्खेको तर नआएको भन्दै रिस समेत पोखेकी छैनन्, २ घण्टादेखि पर्खिँदा नआएपछि अब त 'लञ्च' टाईम नै भईसक्यो समेत लेखेर व्यङ्ग्य गरेकी छिन् । 
 
तर यसको पहिलो लाईनमा भने संजोगको फेभरमा काममा मेहनत गर्ने समेत लेखेकी छिन् । आफुले मागेको २ घण्टा समेत नदिएकोमा बर्षाको गुनासो थियो, जुनकुरा सामाजिक सञ्जालमा व्यक्त छ ।
 
यस्तो छ बर्षाको स्टाटसः