Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पाँचौं दिनको विजनेसमा 'दंगल'को अर्को रेकर्ड

एजेन्सी, मुम्बई, 2016/12/28
प्रदर्शनको पाँचौ दिनमा आइपुग्दा आमिर खान स्टारर फिल्मले अर्को रेकर्ड कायम गरेको छ । १५० करोड विजनेस आँकडा पार गर्दा फिल्मले मंगलबार मात्रै २३ करोड ७ लाखको विजनेस गर्यो । 
 
 
अहिलेसम्मका रिलिज फिल्मको पाँचौँ दिनको विजनेसमा यो सर्वाधिक मानिएको छ । यो दिनमा आमिरकै पिकेले १८ करोड, सलमानको 'बजरंगी भाईजान'ले २१ करोड बढि र 'धुम ३' ले २१ करोड २५ लाखको विजनेस गरेका थिए । 
 
फिल्मले अहिलेसम्म मात्रै १५५ करोड ५३ लाखको विजनेस गरेको छ । बिदा नपर्दाको दिनको अकुपेन्सी दिन प्रतिदिन माथी चढ्दैछ । वर्ड अफ माउथ प्रशंसनिय छ । फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् । दोश्रो विकेण्ड पार गर्दा सम्म फिल्मले २ सय करोड विजनेस गर्ने अनुमान लगाईएको छ ।
Most Visited News (monthly)