Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको अध्यक्षमा आकाश निर्विरोध, महासचिवमा रोज राणा

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/12/28
 
नेपाल चलचित्र निर्माता संघको नयाँ कार्य समितिको लागी बुधबार मनोनयन दर्ता प्रक्रिया सकिएको छ । दिउँसो तीन बजेसम्म राखिएको मनोनयनको समयसीमा भित्र अध्यक्षमा एक मात्र उमेद्वारी परेपछि आकाश अधिकारी निर्विरोध चयन भएका छन् । 
 
 
निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका अधिकारीको पक्षमा समग्र चलचित्र उद्योग अनि चलचित्रकर्मी उभिएपछि उनको विरुद्धमा कसैको पनि उमेद्वारी परेन । अधिकारी पछिल्लो २२ बर्षदेखि चलचित्र क्षेत्रमा सकृय छन् ।
 
यस्तै संघको महासचिव पदमा सरोज थापा (रोज राणा) निर्विरोध चयन भएका छन् । उपाध्यक्षको लागी अड्डी कसेका रोजले अन्तिम समयमा खेल खेल्दै महा सचिवमा उमेद्वारी दर्ता गराएका थिए, जुन समयसम्म पनि महासचिवमा दाबी गर्ने कोहि थिएनन् ।
 
कोषाध्यक्षमा सुशिल पोखरेलको विरुद्धमा पनि कसैको उमेद्वारी परेन । सचिवमा वर्तमान कार्यकालमा समेत सोहि पदमा रहेका छबिराज ओझा निर्विरोध आएका छन् । 
 
उपाध्यक्षको लागी भने शुक्रबार चलचित्र विकास वोर्डको हलमा हुने निर्वाचनमा तीन निर्माता बीच प्रतिस्पर्धा हुने भएको छ । दुई उपाध्यक्ष पदको लागी माधव वाग्ले, केशव भट्टराई र गोविन्द शाहीको उमेद्वारी परेको छ । 
 
यद्धपी बिहिबारको दिनलाई निर्विरोध बएका अनि अन्य उमेद्वारको लागी दाबी बिरोधको समय राखिएको छ । यस्तै ९ सदस्य पदको लागी ११ जनाको उमेद्वारी परेको छ । सदस्यमा उमेद्वारी दिनेहरुमा करिश्मा मानन्धर, रोहित अधिकारी, रौनकबिक्रम कंडेल, भानुप्रताप, दिपेन्द्र के खनाल, निश्चल बस्नेत, दिपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ र निकिता पौडेल छन् ।
 
चलचित्र विकास वोर्ड अध्यक्ष समेत रहेका संघका वर्तमान नेतृत्वकर्ता राजकुमार राईको पहलमा भाईटल पोस्टका अधिकांश पदमा निर्विरोध चयन गरियो । यद्धपी राईले उपाध्यक्षमा भने तीनै जनाले अड्डी कसेपछि निर्विरोध गराउन सकेनन् ।
 
१५ सदस्यिय कार्य समिति ३ बर्षको रहने छ । दुई जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ । निर्माता संघको चुनावी निर्णायक मण्डलमा राजेन्द्र सल्लभको नेतृत्वमा सान्तिप्रिय र अधिवक्ता ताराकुमार श्रेष्ठ छ ।  
Most Visited News (monthly)