मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

श्रीकृष्णको जन्मदिनमा श्वेताबाट घर आगनलाई डेढ लाख सहयोग (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/29
 
दिवंगत अभिनेता पति श्रीकृष्ण श्रेष्ठको जन्म जयन्तीमा अभिनेत्री श्वेता खड्काले सामाजिक कार्यमा हात अघि बढाएकी छिन् । श्रीको सम्झना गर्दै बिहिबार राजधानीमा एक कार्यक्रमका बीच श्वेताले घर आँगन नेपाल नामक सामाजिक संस्थालाई  १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिन् । 
 
 
 
सामाजिक कार्यमा सकृय उक्त संस्थाको भवनको जग बसाल्न अभिनेत्री तथा  निर्देशक दिपाश्री निरौला मार्फत श्वेताले संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् । 
 
दरबार मार्गमा रहेको आफ्नै कफी सपमा रकम हस्तान्तरण गर्दै श्वेताले भनिन्, ‘उहाँले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्नु हुन्थ्यो । मैंले उहाँको चाहनालाई निरन्तरता दिएकी हुँ ।’
 
यस्तै निर्देशक निरौलाले श्वेताको सामाजिक कार्यको प्रशंसा गर्दै स्व.अभिनेता श्रीकृष्णलाई कहिल्यै नर्बिसिने बताइन् । दर्शक तथा शुभचिन्तकका निकै लोकप्रिय अभिनेता श्रीकृष्णले श्वेतासँग वैवाहिक सम्बन्ध जोडेको एक महिना भित्रै यो संसारबाट विदा लिएका थिए ।