मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहिबार रिलिजको अड्डीमा 'किङ' र 'लभ साशा', नियम तोड्दा हुने कारबाहि के ?

फिल्मीखबर, काठमाडौं, 2016/12/29
बर्षौदेखि नेपाली फिल्म शुक्रबार रिलिज हुँदै आएका छन् । उक्त बार रिलिज हुने कुनैपनि फिल्मले कम्तिमा एक हप्ता होल्ड ओभर पाउन भन्ने मनसायले नै चलचित्र निर्माता संघ र चलचित्र संघको सहमतिमा फिल्महरु शुक्रबार मात्र रिलिज गर्ने नियम पनि बनिसकेको छ । 
 
 
तर उल्लेखित सघ भित्रै जोडिएका निर्माताहरु अनि वितरकहरु नै बेला बखत आफैले बनाएको नियम तोड्न अघि बढ्छन्, यसअघि पनि यस्ता उदाहरण छर्लङ्गै हुँदै गर्दा यो रोग पुनः बल्झिने क्रममा छ, यो महिनाको अन्तिम हप्ता । 
 
पौष २९ गते शुक्रबार हो, तर माघे सक्रान्तिको छेकोमा परेको उक्त हप्ता तीन फिल्म रिलिजको तयारी हुँदै गर्दा दुई फिल्म भने बिहिबार नै रिलिजको प्रचार प्रसार गरिएको छ । प्रचण्डमान श्रेष्ठको निर्देशन तथा माधव वाग्लेको निर्माण रहेको 'लभ साशा' बिहिबार आउने घोषणा गरियो, सोहि अनुसार प्रचार सामग्री बाहिर आए, त्यसपछि केहि दिनमै पौष २९ रिलिज तोकिएको सबिर श्रेष्ठ निर्देशित 'किङ' पनि को भन्दा को कमको होडमा अघिल्लो दिन नै रिलिजको घोषणा भयो । 
 
तर सन्तोष शिवााकोटी निर्देशित तथा हल सञ्चालक समेत रहेका छिरिङ लामा निर्मित फिल्म 'शब्द' भने पौष २९ रिलिजको प्रचारमा छ । माथी उल्लेखित फिल्म 'लभ साशा'का निर्माता वाग्ले आफै पनि निर्माता संघका सदस्य हुन् । तर वाग्लेले यो सब किन भन्ने प्रश्नमा 'अब प्रतिस्पर्धाको युग सुरु भएको भन्दै बुधबार पछि जुनदिन पनि रिलिज गर्दा फरक नपर्ने दाबी सहित आफुहरु आउन लागेको बताए ।'
 
'राम्रो बन्यो भने हप्तौंसम्म पनि हलमा दर्शक आउँछन्, फिल्म राम्रो नबने दुइ तीन दिनमै हलबाट उत्रिन्छ, होल्ड ओभरको के अर्थ, वाग्लेले भने । उता निर्माता समेत रहेका 'किङ' वितरक गोविन्द शाही आफ्नो फिल्म पनि जुनकुनै हालत बिहिबार (पौष २८)मै रिलिज हुने दाबी गर्छन् ।
 
उता निर्माता संघका वर्तमान अध्यक्ष राजकुमार राईले भने दुबै फिल्मलाई शुक्रबार रिलिज गराउन पहल भईरहेको भन्दै बिहिबार रिलिज हुन नदिने तर्क गरे । तपाईंहरुले नै बनाएको नियम आफ्नै सदस्यबाट तोडिए के गर्नुहुन्छ भन्ने प्रश्नमा राईले भने, 'संस्थाको हित विपरित साथीहरु जानुहुन्न भन्ने छ, नियम तोड्ने तिर जान भन्दा पनि फिल्म शुक्रबार मात्र प्रदर्शनमा ल्याउने बनाउनेमा आफ्नो पहल कदमी छ ।'
 
त्यसो त राईकै फिल्म पनि बिहिबार रिलिज गरिएको कुराले निर्माताहरु यो बिषयमा फरक धारमा उभिँदै आएका छन् । उल्लेखित दुई संघको सहमतिमा राजधानीमा शुक्रबार मात्रै र मोफसलमा भने सार्वजनिक विदा पर्दैगर्दा बिहिबार पनि फिल्म रिलिज गर्न पाईने नीति बनाईएको छ ।