मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लभ साशाको 'बरी लै'मा कर्मा र केकीको प्रेमपीडा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/29
 
पौष २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'लश साशा' लाई प्रचार प्रसारमा अघि बढाउन अनि मिडिया हाईप बढाउन अहिले निर्माण टिम सकृय छ । प्रेमकथाको फिल्मलाई रिलिज नजिकिँदै गर्दा दर्शकमाझ प्रतिक्षित बनाउन निर्माता निर्देशक सकृय छन् । 
 
 
 
यो बीच फिल्ममा समावेश 'स्याड भर्सन'को गीत पछिल्लो पटक युट्युवमा रिलिज भएको छ । 'बरी लै' बोलको गीतमा लिड अभिनेता कर्मा शाक्य र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् । गीतको शब्द संगीत जेशन कुवंरको हो । जेशन र सुम्निमा सिंहले स्वर भरेका छन् । 
 
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् । निर्देशक श्रेष्ठकै कथा समावेश फिल्ममा  शिवराम श्रेष्ठले क्यामेरा चलाएका छन् ।