Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघमा सबै पदाधिकारी निर्विरोध | यस्ता छन् अध्यक्ष अधिकारीका नयाँ एजेण्डा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/12/31
 
चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट आकाशसहित उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । 
 
 
निर्माता संघको सदस्य पदमा करिश्मा मानन्धर, दीपकराज गिरी, निकिता पौडेल, दीपेन्द्र के. खनाल, भानुप्रताप, चेतन सापकोटा, रोहित अधिकारी, अर्जुन कुमार, रौनक विक्रम कँडेल निर्विरोध नै निर्वाचित भएका छन् । विधान संसोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ भने केशव भट्टराइलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ । 
 
 
अध्यक्ष पदमा विजयी भएपछि आकाश अधिकारीले बक्स अफिस लगायतका एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । निर्वाचित अधिकारीले निर्माता तथा फिल्म क्षेत्रको हकहितका लागि ल्याएको  नयाँ एजेण्डाका बारेमा माथी उल्लेखित भिडियो कुराकानीमा खुलेर बोलेका छन् ।
 
 

 

Most Visited News (monthly)