चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट आकाशसहित उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।
निर्माता संघको सदस्य पदमा करिश्मा मानन्धर, दीपकराज गिरी, निकिता पौडेल, दीपेन्द्र के. खनाल, भानुप्रताप, चेतन सापकोटा, रोहित अधिकारी, अर्जुन कुमार, रौनक विक्रम कँडेल निर्विरोध नै निर्वाचित भएका छन् । विधान संसोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ भने केशव भट्टराइलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ ।
अध्यक्ष पदमा विजयी भएपछि आकाश अधिकारीले बक्स अफिस लगायतका एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । निर्वाचित अधिकारीले निर्माता तथा फिल्म क्षेत्रको हकहितका लागि ल्याएको नयाँ एजेण्डाका बारेमा माथी उल्लेखित भिडियो कुराकानीमा खुलेर बोलेका छन् ।