मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्दीप क्षेत्रीले लास्टै हँसाए । राजेश, भुवन, रेखादेखि पत्रकार सबैलाई उडाए (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/12/30
पुनम इन्टरटेनमेन्ट र गौरी मल्लको आयोजनामा राजधानीमा आयोजित सेलिब्रेटी रनवेले जाडोको समयलाई ततायो । दृष्टिविहिनको सहयोगार्थ आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखि नयाँ कलाकारसम्मले आफ्नो सौन्दर्य प्रस्तुत गरेका थिए । 
 
भुवन चन्द, बशुन्धरा भुषाल, गौरी मल्ल, तुलसी घिमिरे, कृष्ण मल्ल, सराेज खनाल, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, सञ्चिता लुईटेल, केकी अधिकारी, दिपाश्री निराैला, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का, अनुभव रेग्मी, गौरव पहारीलगायत नयाँ तथा पुराना कलाकारहरु भारतीय डिजाईनर विशाल कपूर र नेपाली डिजाइनरहरुको डिजाइनमा तयार पारिएका विभिन्न पहिरनमा र्‍याम्पमा उत्रिएका थिए।
 
कार्यक्रमको मुख्य आकर्षकमा कमेडियन सन्दीप क्षेत्रीको स्ट्याण्डप कमेडी थियो जहाँ राजेश हमाल, भुवन केसी, रेखा थापादेखि साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पत्रकारको व्यङ्ग्य थियो । 
 
भिडियोमा हेर्नुहोस् सन्दीपको व्यङ्यात्मक प्रस्तुती ।