मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डायरी' लिरिकल गीतमा डल्ली र सन्नीको प्रेम चर्चा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/30
चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'डायरी'मा समावेश लिरिकल भिडियो गीत रिलिज भएको छ । 'पानी पर्यो असिना झर्यो'को न्यू भर्सनका हिट एरेञ्जत अल्मोडा राना उप्रेती एरेञ्जित 'माया माया' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । 
 
 
सार्वजनिक गीतमा मानस राजको स्वर, संगीत छ भने शब्द पनि उनले नै लेखेका छन् । गीतको पुरा भिडियो छिट्टै नै रिलिज गर्ने निर्माण टिमले बताएको छ । 
 
अलि योञ्जन निर्देशित फिल्मकी निर्मात्री अभिनेत्री छुल्ठिम गुरुङ हुन् । फिल्ममा छुल्ठिमसँगै रेखा थापा र सन्नी सिंह लिड अभिनयमा छन् । 'नोभेम्बर रेन' फिल्मकी डल्ली उर्फ छुल्ठिमको लागी यो दोश्रो फिल्म हो । फिल्मको यसअघि सार्वजनिक टिजरले राम्रो तारिफ पाईसकेको छ । छेतेन गुरुङको कथामा बनेको फिल्ममा रेखा पहिलो पटक भिलेन अबतारमा छिन् ।