मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनमा दया प्रियंकाको 'ह्याप्पी डेज' इण्डक्ल्याप, बाहिरिए एक्सक्लुसिभ दृश्य

फिल्मीखबर, काठमाडौं, 2016/12/31
बेलायतको राजधानी लण्डनमा छायाँकन भएको फिल्म 'ह्याप्पी डेज' को इन्डक्ल्याप भएको छ । ४५ दिन लामो सुटिङ सकाएर फिल्म कास्ट एण्ड क्रयू टिम देश फर्केको छ । तर अभिनेत्री प्रियंका कार्की भने लण्डनबाट सिधा न्युयोर्क उडिन् । 
 
 
 
प्रियंका र दयाहाङ राई स्टारर फिल्ममा सञ्जय गुप्ता र विक्की जोशी, मोनिका गुरुङ पनि लिड अभिनयमा छन् । फिल्मको छायाँकन सकिएसँगै केहि एक्सक्लुसिभ दृश्यहरु समेत बाहिरिएका छन् । जहाँ लिड कलाकारहरुको प्रेमभाव व्यक्त छ ।
 
 
 
मिलन चाम्स निर्मित तथा निर्देशित फिल्म चाम्स इन्टरटेन्मेन्ट र  सपन इन्टरटेनमेन्टको सहकार्यमा तयार भएको हो ।  फिल्मका प्रस्तुतकर्ता बीपी खनाल हुन् भने निर्माणमा भवानी शर्मा र हिराल जोशीले साझेदारी गरेका छन् ।चाम्स इन्टरटेनमेन्ट ब्यानरमा सिनेमा बनेको हो । 
 
 
 
 सामाजिक कथाको फिल्मले बेलायती आइडीवाली केटी पाउनको लागी गर्ने दुई नेपाली ठिटाहरुको संघर्षको कथा पेश गर्छ ।