मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निखिलको 'राधे' फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/12/30
एक्शन स्टार निखिल उप्रेतीको फिल्म 'राधे'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता सुशिल पोख्रेलले फिल्मीखबर मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । संयोगवस पोख्रेल चलचित्र निर्माता संघको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको दिन परेको छ । 
 
 
सार्वजनिक दुई पोस्टरमा नै निखिललाई एक्शन अबतारमा नै प्रस्तुत गरिएको छ । नयाँ बर्षको छेकोमा आउँदो बैसाख १ मा रिलिज घोषणा गरिएको फिल्मको पहिलो प्रचार सामग्री बाहिर ल्याईएको हो । 
 
 
फिल्मलाई जगदिश्वर थापाले निर्देशन गरेका छन् भने कथा लेखन पनि निर्देशक थापाकै छ । 'राधे'मा निखिलसँगै प्रियंका कार्की, अशिस्मा नकर्मी, प्रमोद अग्रहरी, सलोन बस्नेत र शिशिर भण्डारी लिड अभिनयमा छन् ।