Most Recent News Headlines
Results : 14347 - 14352 of 24290

फिल्मीखबर, काठमाडौं, 2017-01-24, मंगलवार
अभिनेता मुकेश ढकाल अमेरिका हानिएको दुइ बर्ष बढि भइसक्यो । तर उनले खेलेका फिल्महरु अहिलेसम्म पनि रिलिज पाइपलाइनमा छन् । यहि माघ २१ मा मात्रै उनको 'परिणाम' नामको फिल्म रिलिजको क्रममा छ । तर लिड अभिनेता नै देश बाहिर हुँदा निर्माण टिमलाइ कति घाटा त ?

फिल्मीखबर, काठमाडौं, 2017-01-24, मंगलवार
महानायक राजेश हमाल सोमबार तनहुँ पुग्दा स्थानियले भव्य स्वागत गरेको अनि मालाले पुरिएको खबरले मिडियामा राम्रै चर्चा पायो । तनहुँको जामुनेस्थित राधा माध्यामिक विधालयको वार्षिकोत्सव उद्घाटन तथा घाँसी नेपाल द्वारा बनाइएको नव निर्मित चार कोठे भवन हस्तान्तरण कार्यक्रममा हमाल पुग्दा उनलाइ हेर्न नजिकबाट देख्न सयौंको संख्यामा स्थानियवासी उपस्थित भएका थिए ।

एजेन्सी, मुम्बई, 2017-01-24, मंगलवार
भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रइस' प्रचारमा मुम्वइदेखि दिल्लीसम्म रेल यात्रामा निस्केका वलिउड स्टार शाहरुख खान बडोदरा स्टेशन पुग्दा उनलाइ हेर्न आएका हजारौ सुभचिन्तकमा भागदेड मच्चिँदा एकको मृत्यू भएको छ । घटनामा दुइ प्रहरी समेत घाइते भएको वलिउड अनलाइनले लेखेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-01-23, सोमवार
फिल्म 'राधे'को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । 'हिउँ' सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा 'राधे' युनिट पुगेको थियो । फिल्ममा समावेश हुने 'मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ' बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले फिल्मीखबरलाइ बताए ।

फिल्मीखबर, काठमाडौं, 2017-01-23, सोमवार
एक्शन स्टार निखिल उप्रेती अनि अभिनेत्री नीता ढुङ्गाना स्टारर फिल्म 'निर्भय'को पहिलो भिजुअल कन्टेन्ट सार्वजनिक भएको छ । निर्माण ब्यानर प्रसिद्धी सिने आर्ट्सले सोमबार 'निर्भय'मा समावेश रोमान्टिक प्याटनको अफिसियल गीत युट्युवमा रिलिज गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-23, सोमवार
राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमाललाइ भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा स्थानियले अबिर र मालाले भव्य स्वागत गरे । हमालको गालामा माला पुग्दा अनुहार नै छोपिने अबस्था आएको थियो । प्राप्त तश्विर यहि बोल्छन् ।

