Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नीतासँग बिना डर निखिलको खुल्लाम खुल्ला प्यार (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/23
एक्शन स्टार निखिल उप्रेती अनि अभिनेत्री नीता ढुङ्गाना स्टारर फिल्म 'निर्भय'को पहिलो भिजुअल कन्टेन्ट सार्वजनिक भएको छ । निर्माण ब्यानर प्रसिद्धी सिने आर्ट्सले सोमबार 'निर्भय'मा समावेश रोमान्टिक प्याटनको अफिसियल गीत युट्युवमा रिलिज गरेको हो । 
 
 
सार्वजनिक 'खुल्लाम खुल्ला प्यार' बोलको गीतमा निखिल र नीता फिचरिङमा छन् । गीतमा अृ्जुन पोखरेलको संगीत छ भने शब्द देवल भण्डारीको छ । प्रमोद खरेल र अञ्जु पन्तले स्वर भरेको गीत रोमान्टिक लाग्छ । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । लोक तथा आधुनिक दुबै प्याटन बोल्ने डान्सिङङ गीत दर्शक श्रोताले मन पराउने अपेक्षा निर्माण टिमले राखेको छ । 
 
 
चैत्र ११ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले 'हिट' हुने विश्वास सहित 'खुल्लाम खुल्ला प्यार' सार्वजनिक गरेको हो, निर्देशक मधुसुदन भट्टराइ यहि तर्क गर्छन् ।
 
फिल्ममा निखिल र नीतासँगै प्रदिप ढकाल, विकास चापागाइं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारी लगायत अभिनयमा छन् । देवीप्रसाद पाण्डे फिल्मका निर्माता हुन् ।
 
Most Visited News (monthly)