महानायक राजेश हमाल सोमबार तनहुँ पुग्दा स्थानियले भव्य स्वागत गरेको अनि मालाले पुरिएको खबरले मिडियामा राम्रै चर्चा पायो । तनहुँको जामुनेस्थित राधा माध्यामिक विधालयको वार्षिकोत्सव उद्घाटन तथा घाँसी नेपाल द्वारा बनाइएको नव निर्मित चार कोठे भवन हस्तान्तरण कार्यक्रममा हमाल पुग्दा उनलाइ हेर्न नजिकबाट देख्न सयौंको संख्यामा स्थानियवासी उपस्थित भएका थिए ।
कार्यक्रम उद्घाटनपछि हमालले उपहार स्वरुप नयाँ भवन पाएकोमा राधा मावीका विद्यार्थीहरुलाई भाग्यमानी ठान्दै भूकम्प पछि आफुले देशका धेरै क्षेत्रमा भ्रमण गरेको र क्षतिलाई नजिकबाट देखेको भन्दै त्यो दयनिय अवस्था साम्य हुने नहुनेमा शंका पाइएकोमा अब मुहार फेरिएकोमा खुशी व्यक्त गरे ।
भूकम्पपछि उत्पन्न अवस्थामा घाँसी नेपालसँग सहकार्य गर्दै घाँसी नेपालको योजनाहरु हेरेको र पहिले देखी नै शिक्षा क्षेत्रमा लागेको थाहा पाएसँगै भूकम्पले ढालेका विद्यालयलाई कसरी उठाउन सकिन्छ भन्नेमा घाँसी नेपाल अग्रसरतामा हातेमालो गरेको बताए । स्थानिय विद्यार्थीहरुसँग समय बिताउन पाउँदा फलदायक महशुसगरेको भन्दै उनले भोलीको दिनमा पनि यो प्रकारको सहयोगको लागी आफु सधैं कृयाशिल रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
देशको शिक्षा क्षेत्रलाइ अघि बढाउने आफु जहिले पनि लागिपरिरहेको स्मरण गर्दै हमालले व्याक्ति नहेरेर संस्था र समाजको स्तर वृद्धिमा आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो ।

