Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

'राधे' गीत छायाँकनमा प्रियंका बेहोस

फिल्मीखबर, काठमाडौं, 2017/01/23
फिल्म 'राधे'को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । 'हिउँ' सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा 'राधे' युनिट पुगेको थियो । फिल्ममा समावेश हुने 'मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ' बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले फिल्मीखबरलाइ बताए । 
 
गीत छायाँकनको क्रममा प्रियंका जी बेहोस् भएपछि तत्काल तल होटलमा ल्यायौं, करिब १० मिनेटपछि मात्र उहाँ होसमा आउनुभयो' निर्माता पोखरेलले भने, 'अहिलेलाइ अवस्था सामान्य छ, गार्हो पर्ने देखिएमा अस्पताल पुर्याउने सोचमा छौं ।' चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको बताएको छ । कोरियोग्राफी भने रामजी लामिछानेले गरिरहेका थिए ।
 
यद्धपी फिल्मको उक्त गीतको भने छायाँकन सकिएको र फिल्मका अन्य ७ / ८ दृश्य खिच्न बाँकी रहेको निर्माता पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्किनेछ । फिल्मालाइ जगदिश्वर थापाले निर्देशक गरेका छन् । 'राधे' नयाँ बर्षको छेकोमा आगामी बैसाख १ गते रिलिज हुनेछ ।
Most Visited News (monthly)