मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तनहुँ पुग्दा मालाले पुरिए हमाल (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2017/01/23
राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमाललाइ भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा  स्थानियले अबिर र मालाले भव्य स्वागत गरे । हमालको गालामा माला पुग्दा अनुहार नै छोपिने अबस्था आएको थियो । प्राप्त तश्विर यहि बोल्छन् ।
 
 
घाँसी आदर्श समाज नेपाल द्वारा राधा माविको नव निर्मिति चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा हमाललाइ विशिष्ट अतिथी बनाएर लगिएको थियो । हमालले नै उक्त कार्यक्रमको उद्घाटन गरे अनि नव निर्मित भवन हस्तान्तरण पनि गरे ।  
 
 
हमाल आउने भनेपछि कार्यक्रम स्थल आसपासका सयौं स्थानिय उनलाइ हेर्नकै लागी उपस्थित भएका थिए । हमालले मन्तव्य दिँदा ताली र सिट्ठी बज्यो भने उनले केहि फिल्मका डायलग बोल्दा सोहि प्रकारको हुटिङ दर्शकबाट आएको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट तनहुँ पुगेका रंग पत्रकार जीवन पराजुली बताए । 
 
 
घाँसी नेपालले हमाललाइ मानार्थ सदस्यता प्रदान गरिसकेको छ । उनि घाँसी नेपालका अभियन्ता पनि हुन् ।