Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'रइस' प्रचारमा शाहरुख निस्किँदा भागदौड, एकको ज्यान गयो

एजेन्सी, मुम्बई, 2017/01/24
भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रइस' प्रचारमा मुम्वइदेखि दिल्लीसम्म रेल यात्रामा निस्केका वलिउड स्टार शाहरुख खान बडोदरा स्टेशन पुग्दा उनलाइ हेर्न आएका हजारौ सुभचिन्तकमा भागदेड मच्चिँदा एकको मृत्यू भएको छ । घटनामा दुइ प्रहरी समेत घाइते भएको वलिउड अनलाइनले लेखेका छन् ।
 
 
सोमबार राती १० बजे बडोदरा स्टेशनको प्ल्याटफर्म नम्बर ६ मा शाहरुख सवार रेल पुग्दा उनलाइ हेर्न फ्यानहरुको भीड लागेको थियो । १० मिनेट रेल रोकिँदा शाहरुख आएको थापा पाएर पुगेका प्रशंसकहरुबीच भागदौड मच्चियो अनि प्रहरीले लाठीचार्जसम्म गर्यो । सोहि समय दौडादौड हुँदा फरहिद खान नामका एक व्याक्तिको निधन भएको बतााइएको छ । 
 
 
रेल गुड्न थालेपछि दौडादौड सुरु भएको बताइएको छ । अन्य आधा दर्जन जति फ्याानहरु समेत घाइते भएको बताइएको छ । दुर्घटनापछि शाहरुखले दुःख व्यक्त गरेका छन् ।
 
 
घटनापछि शाहरुखले भनेका छन्, 'जसको मृत्यु भएको छ उनी हाम्रा सहयोगीका अफन्त हुन् । उनको मृत्यु हृदयघातका कारण भएको हो र हामी त्यहाँबाट गएपछि भएको हो । यो निकै दुःखद घटना हो र हामी परिवारको पूर्ण मद्दत गर्नेछौं ।'
Most Visited News (monthly)