
नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म 'लभ लभ लभ' ले दर्शकलाई पुन: 'पार्टिसिपेट एण्ड विन एक लाख' अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो ।



अभिनेत्री नीशा अधिकारी नायक हसनराजा खानको ‘बाबरी’ बनेकी छिन् । फिल्म ‘रोमियो’को पर्दामा हसन शिर्ष भूमिकामा छन् भने उनको ‘बाबरी’ निशा बनेकी छिन् ।

फिल्म 'सुस्केरा'को अफिसियल टिजर रिलिज गरिएको छ । बुधबार सार्वजनिक दुई मिनेट लामो टिजरमा म्युजिक जर्नी भेट्नसकिन्छ । लिड कलाकार सुरक्षा पन्त र स्वरुप पुरुष ढकाल लिड अभिनयमा छन् ।

सुन्दा अचम्म लाग्ला तर सत्य यो हो छ कि, वलिउड सुपरस्टार आमिर खानले आफ्नी प्रेमिका गर्भवती हुँदा 'अबर्सन'को दबाब दिएका छन् । लिभिङ टुगेदरमा रहँदा प्रेमिका जेशिका हाईन्स गर्भवती भएपछि आमिरले गर्भपतनको सल्लाह दिएको वलिउड मिडियामा समाचार छ ।

