Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छक्का पञ्जा पाइरेसीका आरोपी सुवेदीको मृत्यु छानविनको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

फिल्मीखबर, काठमाडौं, 2017/02/15
छक्का पञ्जा फिल्मको पाइरेसीका आरोपी कृष्ण सुवेदीले आत्महत्या गरेको प्रकरणमा उनको परिवारले छानविन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ। २४ वर्षीय स्व. सुवेदीका दाइ हरिवंश सुवेदीले घटनाको सत्य तथ्य छानविनका लागि आयोगमा उजुरी दिएका हुन्।
 
उनले सो उजुरीमा आफ्ना सहोदर भाइ कृष्ण सुवेदीको पुस २८ गते साँझ ६: ३० बजे काठमाडौंको सिनामंगल, विजयचोकस्थित डेरामा खुला ढोका रहेको तथा माथिल्लो र तलको तल्लामा मानिस भए पनि बीचको तल्लामा झुन्डिएको अवस्थामा भेटिएको, २९ गते बिहान प्रहरी वृत्त गौशालामा किटानी गरी छानविन गरी पाउँ भनी जाहेरी दिएको उल्लेख गर्दै घटना हुनु अगाडि छक्का पञ्जाका निर्माता मध्येका एक तथा अभिनेता दीपकराज गिरीसहितको टिमले लिएर गएको उल्लेख गरेका छन्। 
 
उनले टिमले ५० लाख रुपियाँ र २ वर्ष जेलको धम्की दिई मानसिक तनाव दिएको तथा प्रमाणमा सुसाइड नोट, प्रहरीको सर्जमिन रिपोर्ट, पोस्टमार्टम रिपोर्टलगायत अन्य सम्बन्धित प्रमाणका कागजातहरु प्रहरी वृत्त गौशालामा रहेकाले सत्य तथ्य बुझेर आफ्ना भाइको ‘हत्या’ मा प्रेरित गर्नेलाई कारबाहीको माग गरेका छन्।
 
सुवेदीले प्रहरी वृत्त गौशालामा घटनाको छानविन गरेर के–कसो भएको हो थाहा दिन माग गरे पनि प्रहरी पन्छिन खोजेकाले आयोगमा उजुरी दिएको बताए। अभिनेता दीपकराज गिरीले भने यो पाइरेसीबाट आफूलाई नभई त्यसको अधिकार लिने हाइलाइट्स नेपाललाई घाटा हुने भएकाले आफूले धम्क्याउनुपर्ने कुनै कारण नभएको र नधम्क्याएको बताए।
 
'पाइरेसीको कानुनमा यो छ भनेर सम्झाएर पठाएको चाहिँ हो। हामीले उनीहरुलाई प्रहरीकहाँ लाँदा हाम्रो गाडीमा प्रहरी पनि थिए। प्रहरी भ्यानको अभावमा हाम्रो गाडी प्रयोग गरिएको हो’, दीपकको भनाइ छ– ‘यो पाइरेसीबाट मलाई घाटा छैन, त्यसैले मैले धम्क्याउनुपर्ने कारण पनि छैन। मेरो नाम भएकाले मलाई अनावश्यक मुछिन खोजिएको मात्र हो।
 
त्यो भाइले गुगलमा शेयर गरेको देखिनु र स्वीकार्नुले आरोप प्रमाणित भइसकेको छ नि' भन्दै गिरीले कृष्णका दाइ हरिले प्रहरीमार्फत् आफूलाई भेट्न चाहे पनि अन्य ३ आरोपीसहित भेट्ने प्रस्ताव राख्दा नमानेको पनि बताए।
साभारः नेपाल समाचारपत्रबाट
Most Visited News (monthly)