मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

आफ्नो लभस्टोरी पठाउनुस् 'लभ लभ लभ'को तर्फबाट एक लाख जित्नुस् !

फिल्मीखबर, काठमाडौं, 2017/02/16

नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म 'लभ लभ लभ' ले दर्शकलाई पुन: 'पार्टिसिपेट एण्ड विन एक लाख' अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो ।

 


नयाँ कन्टेस्ट अन्तर्गत जो कोहिबाट पनि आफ्नो आफ्नो लभ स्टोरी माग गरिएको छ । प्रेमकथा बोल्ने फिल्मले कन्टेस्टमा सहभागी हुन चाहने जो कोहिले पनि आफ्नो जीवनमा आईपरेका प्रेमकथा, प्रेमको सुरुवातदेखि प्रेम प्राप्तीको लागी गरेका संघर्ष र त्यागसम्मको कुरा जोड्दै आफ्नै शब्दमा 'प्रेमकथा' माग गरेको हो ।

चैत्र अन्त्यसम्म प्रेमकथा पठाउन सकिने र उत्कृष्ट छानिने एक जनालाई एक लाख प्रदान गरिने घोषणा गरिएको छ । त्यसो त निर्मात्री शर्मिला पाण्डेले उत्कृष्ट बनेको कथामा फिल्म निर्माण गर्ने समेत घोषणा गरेकी छिन् । दिपेन्द्र के खनाल निर्देशित फिल्मको पछिल्लो पटक सार्वजनिक गीत लोकप्रिय बन्दै गर्दा निर्माण टिमले प्रचारका नयाँ योजनाहरु अघि ल्याएको हो ।

'लभ लभ लभ'मा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । निरज कंडेलले खिचेको फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् ।