मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हसनको बाबरी बनिन् नीशा !

फिल्मीखबर, काठमाडौं, 2017/02/15

अभिनेत्री नीशा अधिकारी नायक हसनराजा खानको ‘बाबरी’ बनेकी छिन् । फिल्म ‘रोमियो’को पर्दामा हसन शिर्ष भूमिकामा छन् भने उनको ‘बाबरी’ निशा बनेकी छिन् ।

 


प्रेम दिवसको अवसर पारेर फिल्ममा समावेश 'बाबरी' बोलको गीत निर्माण टिमले रिलिज गरेको हो । रोमान्टिक नम्बरमा सन्तोष लामा र मेलिना राइको स्वर छ भने मुकेश राइको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ ।

एचआरके प्रोडक्न र एएसको प्रस्तुतीमा तयार भएको फिल्ममा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा अष्ट महर्जनको एक्सन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी छ । वैशाख २९ गतेबाट रिलिजमा आउने फिल्मका निर्देशक शंकर कार्की निर्देशक हुन् ।