Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

गर्भवती प्रेमिकालाई 'अबर्सन' गर्न आमिरको दबाब !

एजेन्सी, मुम्बई, 2017/02/14

सुन्दा अचम्म लाग्ला तर सत्य यो हो छ कि, वलिउड सुपरस्टार आमिर खानले आफ्नी प्रेमिका गर्भवती हुँदा 'अबर्सन'को दबाब दिएका छन् । लिभिङ टुगेदरमा रहँदा प्रेमिका जेशिका हाईन्स गर्भवती भएपछि आमिरले गर्भपतनको सल्लाह दिएको वलिउड मिडियामा समाचार छ ।

 


तर यो कुरा अहिलेको भने होईन् । १९९८ को समयमा फिल्म 'गुलाम' सेटमा भेटिएका आमिर र जेशिकासँग भेटिएका आमिरको लभ अफेयर अगि बढ्दै जाँदा सुबै जना रिलेशनसिपमा रहे । त्यसपछि केहि बर्ष लिभिङ टुगेदरमा रहेका आमिरले जेशिका गर्भवती भएपछि बच्चा फाल्न प्रेसर दिएको बताईन्छ ।

आमिरले कि त 'गर्भपतन' गर्नु नत्र रिलेशन तोडेर सदाको लागी टाढा हुन भनेपछि जेशिका आमिरको आग्रह लत्याउँदै भारत छाडेर लण्डन पुगेको र सिङगल मदर बनेर बस्दै आएको बलिउड भास्करले लेखेको छ ।

वलिउडका अन्य मिडियाले पनि लेखेको समाचारलाई आधार मान्ने हो भने आमिरले हालसम्म पनि उक्त बच्चाको पिता स्विकार गरेका छैनन् । जेशिकाले भने एक्लै न्वारन गरेर बच्चाको नाम जान राखेकी छिन् ।

Most Visited News (monthly)