सुन्दा अचम्म लाग्ला तर सत्य यो हो छ कि, वलिउड सुपरस्टार आमिर खानले आफ्नी प्रेमिका गर्भवती हुँदा 'अबर्सन'को दबाब दिएका छन् । लिभिङ टुगेदरमा रहँदा प्रेमिका जेशिका हाईन्स गर्भवती भएपछि आमिरले गर्भपतनको सल्लाह दिएको वलिउड मिडियामा समाचार छ ।
तर यो कुरा अहिलेको भने होईन् । १९९८ को समयमा फिल्म 'गुलाम' सेटमा भेटिएका आमिर र जेशिकासँग भेटिएका आमिरको लभ अफेयर अगि बढ्दै जाँदा सुबै जना रिलेशनसिपमा रहे । त्यसपछि केहि बर्ष लिभिङ टुगेदरमा रहेका आमिरले जेशिका गर्भवती भएपछि बच्चा फाल्न प्रेसर दिएको बताईन्छ ।
आमिरले कि त 'गर्भपतन' गर्नु नत्र रिलेशन तोडेर सदाको लागी टाढा हुन भनेपछि जेशिका आमिरको आग्रह लत्याउँदै भारत छाडेर लण्डन पुगेको र सिङगल मदर बनेर बस्दै आएको बलिउड भास्करले लेखेको छ ।
वलिउडका अन्य मिडियाले पनि लेखेको समाचारलाई आधार मान्ने हो भने आमिरले हालसम्म पनि उक्त बच्चाको पिता स्विकार गरेका छैनन् । जेशिकाले भने एक्लै न्वारन गरेर बच्चाको नाम जान राखेकी छिन् ।