मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

'लुट २' निर्माता भन्छन्ः 'छक्का पञ्जा' रेकर्ड २१ दिनमै तोड्दिन्छु'

फिल्मीखबर, काठमाडौं, 2017/02/15
अहिले नेपाली फिल्म वृत्तमा केहि बढि चर्चा छ भने त्यो हो, अर्को हप्ता रिलिज हुने फिल्म 'लुट २' को । ब्लकवस्टर फिल्म 'लुट ' को सिक्वेल रिलिजको संघारमा आउँदा चर्चा परिचर्चा बढ्नुलाई स्वभाविक मानिएको छ । 
 
स्टारकास्टले भरिभराउ सिक्वेल त्यो माथी पछिल्लो पुस्ताका संभावनावान निर्देशन निश्चल बस्नेतले बनाएको फिल्मको रिलिज अगाबै विजनेस के कति भन्ने अड्कलबाजी समेत फिल्मकर्मीमाझ चलिरहेको छ । यो बीचमा नेपाली फिल्म उद्योगको इतिहासमै सर्वाधिक कलेक्शन (१६ करोड बढी) गरेको फिल्म 'छक्का पञ्जा'को रेकर्ड समेत ब्रेक गर्ने दाबी निर्माता माधव वाग्लेले गरेका छन् । 
 
बुधबार राजधानीमा आयोजित एक प्रेस भेटभाटमा वाग्लेले भने, 'पछिल्लो पुस्ताका दर्शक, योङ्स्टारले मात्रै फिल्म हेरिदिँदैमा मेरो फिल्मले रिलिजको २१ औं दिनमा नै छक्का पञ्जाको रेकर्ड तोड्छ ।' सिधा, प्रस्ट र आक्रोशित बोलीका कारण अमेरिकाका पछिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली उपमा (नेपाली डोनाल्ड ट्रम्प) पाएका वाग्लेले आफ्नो निर्माणमा बनेका आधा दर्जनबढि फिल्ममा अहिलेसम्मकै उत्कृष्ट फिल्म 'लुट २' बनेको समेत दाबी गरे ।
 
कलाकार र निर्माता बनिसकेका वाग्लेले भोलीका दिनमा आफु निर्देशनमा समेत हात हाल्ने भन्दै सबै कामको अनुभव लिईछाड्ने बताए । 'लुट २' नेपाली फिल्म उद्योगमा अहिलेाम्मकै उत्कृष्ट फिल्म बनेको वाग्लेको अर्को दाबी छ ।
 
वाग्लेले प्रेस मिटमा के-के बोले, हेर्नुहोस भिडियोः