Most Recent News Headlines
Results : 14089 - 14094 of 24018

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017-01-20, शुक्रवार
यो बिषयमा निश्चलले रोमान्टिक कमेडी जनरामा दुई भिन्न चरित्रको कथासँगै नयाँपनमा 'दिमाग खराब 'बनाउन लागेको मिडियामा बोलेका थिए । तर उनि एक्कासी उक्त प्रोजेक्ट छाडेर 'लुट २' तिर लागे । अब भने औपचारिक रुपै निश्चलको हातबाट उक्त नाम फुत्केको छ । चलचित्र विकास वोर्डमा कालिन्चोक डिजिटल नेपाल प्रा.लि. को लागी आगद केसीले फिल्मको टाईटल दर्ता गराएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-01-20, शुक्रवार
'लभ लभ लभ' निर्मात्री शर्मिला पाण्डेले भन्दै आएकी छिन्, 'फिल्मको उच्च मेकिङको लागी कुनै कन्जुस्याईं गरेकी छैन्, प्रचारमा पनि यो लागु हुन्छ, राम्रो कन्टेन्ट भएकै कारण निर्माणमा आएकी हुँ ।' निर्मात्री पाण्डेको यो भनाइ बिहिबार सार्वजनिक उनको फिल्मको गीतमा पनि लागु भएको छ । राम्रो प्रस्तुती भएको रोमान्टिक गीत रिलिज हुँदा कता कता पाण्डेका कुराहरु पनि व्यक्त छन् ।

एजेन्सी, काठमाडौं, 2017-01-19, बिहिवार
भारतसँगै विश्वभरमा ताबडतोड कमाई गरिरहेको फिल्म ‘दंगल’बाट आमिर खानले मात्र २ सय ४० करोड हात पार्ने भएका छन् । फिल्मले भारतमा मात्र यो हप्तासम्म ३ सय ९० करोड नेट कमाइ गरेको छ । आमिर खान र बाँकी निर्माताबीचको समझदारी अनुसार फिल्मको कुल मुनाफाबाट निर्माताको भागमा परेको सय प्रतिशतबाट ८० आमिरले र बाँकी निर्माताले २० प्रतिशत पाउनेछन् ।

एजेन्सी, मुम्बई, 2017-01-19, बिहिवार
बिग बोस फेम स्वामी ओमले वलिउड सुपरस्टार सलमान खानको नाममा एक विवादित वयान दिएका छन् । सलमानको चरित्रमाथी प्रश्न गर्दै सोहि कारणबस सलमानले विहे नगरेको समेत दाबी गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-01-19, बिहिवार
आफूभन्दा जुनियर अभिनेत्री फिल्म निर्देशनमा हाम्फालेको देखेपछि दुई पाका अभिनेत्री गौरी मल्ल र करिष्मा मानन्धर पनि निर्देशनमा उत्रन लागेका छन् । हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट एकैपटक रजतपटको यात्रा थालेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2017-01-17, मंगलवार
अभिनेता सौगात मल्ललाई अष्ट्रेलियामा फिल्म 'शब्द' प्रिमियरको लागी अभिनेत्री कमली वाइवाले हेलिकप्टर चार्टर गरेर भिषा समस्या समाधानको लागी काठमाडौंबाट मनास्लुसम्म लिन गएको समाचारले राम्रै चर्चा पायो । त्यसपछि सौगात र कमली एकसाथ अष्ट्रेलिया पनि गए, प्रिमियरमा पनि सहभागी भए ।
Most Visited News (monthly)

