मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो हप्तामा नयाँ बर्षका तीन फिल्म, बन्ला 'फास्ट एन्ड फ्यूरियस' बाधक ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/21
प्रत्येक हप्ता फिल्म रिलिजको बाढी लाग्ने सिनेमा हलमा यो हप्ता भने नयाँ बर्षका तीन नेपाली फिल्म 'राधे', 'घामपानी' र 'लभ लभ लभ' ले नै निरन्तरता पाउने भएको छ । नर्या बर्ष २०७४ को दिनबाट हलमा लागेका यी तीन चलचित्र मध्ये अहिले सिंगल हलमा निखिल उप्रेती स्टारर 'राधे' ले राम्रै पैसा छापिरहेको छ भने अन्य दुई चलचित्र 'घामपानी' र 'लभ लभ लभ' को पनि सन्तोषजनक व्यापार छ । 
 
पहिलो हप्ताको अन्त्यमा 'राधे' ले डेढ करोड ग्रस आम्दानी गर्दा 'घामपानी' ले करोड र 'लभ लभ लभ' ले ६० लाख ग्रस विजनेश आफ्नो पक्षमा पारिसकेका छन् । तीन ठूला फिल्म एकसाथ हलमा लाग्दा पनि नेपाली बजारबाट ३ करोडमाथी पैसा छाप्नुलाई २०७४ को सुरुवात धमाकेदार मान्न सकिन्छ ।
 
 
निर्माताको दावीलाई आधार मान्ने हो भने 'राधे' र 'घामपानी' ले लगानी सेभ गरिसकेका छन् भने 'लभ लभ लभ' ले दोस्रो हप्तामा उल्लेख्य दर्शक भित्राए लगानी उठाउने कसरतमा छ । यो हप्ताको शुक्रबार यी तीन फिल्मबाहेक अन्य नेपाली फिल्म हल छिरेका छैनन्, यसकारण पनि 'राधे', 'घामपानी' र 'लभ लभ लभ' लाई दोस्रो हप्तामा केही हदसम्म भएपनि दर्शक तान्न भने सहज हुनेछ । 
तर, मल्टिप्लेक्स लक्षित दुई सिनेमालाई 'घामपानी' र 'लभ लभ लभ' लाई भने यस हप्ता दर्शक तान्न गाह्रो हुने देखिन्छ किनकी आजबाट हलीउडको प्रतिक्षित फिल्म 'फेट अफ द फ्यूरियस' नेपाली दर्शक तान्न नेपालका मल्टिप्लेक्स हलहरुमा छिरेको छ । अब यसको असर नेपालका दुई फिल्म 'घामपानी' र 'लभ लभ लभ' लाई पर्छ वा पर्दैन, त्यसको नतिजा त आजनै थाहा हुनेछ । नायक निखिल उप्रेती स्टारर मूभी 'राधे' लाई भने सिंगल हलमा चिठ्ठा नै परेको छ ।