मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टाइगरको ‘मुन्ना माइकल’ को रिलिज कन्फर्म

एजेन्सी, मुम्बई, 2017/04/21
निर्देशक-निर्माता शब्बीर खानको नयाँ फिल्म ‘मुन्ना माइकल’ २१ जुलाईमा रिलिज हुने फाइनल भएको छ । फिल्ममा टाइगर श्राफ र निधि अग्रवालको लिड रोल छ ।  
 
फिल्ममा नवाजुद्दीन सिद्दीकी पनि नयाँ अवतारमा प्रस्तुत हुनेछन् । यो मुम्बईको एक झुग्गीको यूवक मुन्नाको जीवनमा आधारित फिल्म हो, जसलाई नाच्न निकै मन पर्छ र ऊ आफ्नो आदर्श माइकल ज्याक्सनबाट निकै प्रभावित छ । 
 
टाइगरका पिता अभिनेता ज्याकी श्राफ पनि आफ्नो जीवन झुग्गीमा विताइसकेका छन, त्यसैले टाइगर यो फिल्म आफ्ना पितालाई समर्पित गर्न चाहन्छन् ।